ट्रकको ठक्करबाट एक बालिका गम्भिर घाइते



कोहलपुर,२० जेठ/  कोहलपुर नगरपालिका–१४ हवल्दारपुर नजिकै ट्रकले ठक्कर दिँदा एक बालिका गम्भिर घाइते भएकी छिन् ।

कोहलपुरबाट नेपालगन्जतर्फ जाँदै गरेको ना ५ ख ८८९२ नम्बरको ट्रकले आज विहान हवल्दारपुर नजिकै राजपुर दाङ बस्ने ११ वर्षीय विपना वली गम्भिर घाइते भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

ट्रकको ठक्करबाट घाइते वलीको बाँया खुट्टाको पैतला च्यापिएर छियाछिया भएको भएको बताइएको छ ।

ठक्कर दिने ट्रक र चालक नवलपुर–११ मकवानपुरका २६ वर्षका प्रतापसिंह रुम्वालाई इलाका प्रहरी कार्यालय कोहलपुरको नियन्त्रणमा राखिएको छ ।

घाइते वलीको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७५ जेठ २० गते आइतबार