खोज तथा उद्धार तालिम सुरु



कोहलपुर,२० जेठ/  कोहलपुर नगरपालिकाको आर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाइटी कोहलपुर उप शाखा को आयोजनामा ३ दिने खोज तथा उद्दार तालिम शनिबारदेखि कोहलपुरमा सुरु भएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश केसी ले तालिमको उद्घाटन गर्दै बाँकेमा बाढी तथा डुवानले सबैभन्दा बढी जनधनको क्षति पु¥याउने गरेकाले यस किसिमका तालिमले क्षति न्युनिकरण गर्न सहयोग पुग्ने भन्दै तालिममा सैद्धान्तिक भन्दा पनि प्रयोगात्मकमा ध्यान आग्रह गरे ।

उनले कर्मचारी तन्त्रीय तरिकाले खोज तथा उद्धारमा अपेक्षाकृत काम हुन नसक्ने भन्दै सरकारले रेडक्रस लगाएतका संघ–संस्थालाई सरकारलेसँगसँगै लिएर हिडेको बताए ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बाँकेका सभापति गोबर्धन सिँह सम्झनाले प्रकोप व्यवस्थापनमा स्थानीय निकाय र जिल्ला प्रशासन बीच समन्वय हुन नसक्दा राम्रोसँग काम हुन नसकेकाले समन्वयमा ध्यान दिन बाँकेका स्थानीय निकाय र प्रमुख जिल्ला अधिकारीलाई अनुरोध गरे ।

कोहलपुर नगरपालिका वडा नं. ११ का वडाध्यक्ष कर्ण बहादुर थापाले निश्पक्ष भएर काम गर्न रेडक्रस कोहलपुरलाई आग्रह गर्दै कोहलपुर नगरपालिका रेडक्रससंग सहकार्य गरी अगाडि बढ्न तयार रहेको बताए ।

तालिममा कोहलपुर नगर भित्रका सामुदायीक विद्यालयका शिक्षक, बागेश्वरी क्याम्पस कोहलपुरका प्राध्यापक, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कोहलपुर नगरपालिकाका कर्मचारी तथा रेडक्रस कोहलपुरका प्रतिनिधि, पत्रकार गरी जम्मा २६ जना तालिममा सहभागी रहेको रेडक्रस कोहलपुरका सचिव गोबिन्द वाग्लेले बताए ।

  • No tags available
प्रकाशित मिति : २०७५ जेठ २० गते आइतबार