रावन बिश्वकर्मा : बाँसगढी,१९ जेठ/ बर्दिया बाँसगढीको बेलवामा शनिबार भएको एक दिने निःशुल्क प्राथमिक कान उपचार शिविरमा ७७ जना कानका विरामीहरुले चेक जाँच गरेका छन् ।
गाँउ स्तरमा रहेका कानका विरामीहरुले पनि गाँउमै सेवा पाँउन् भन्ने उद्देश्यले शिविरको आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ ।
शिविरमा सामान्य कान दुख्ने, कानको नसा सुकेको, कानको जालीमा प्वाल परेका विरामीहरु चेक जाँचको लागि आएको कान विशेषज्ञ डा. दिपक विसिले बताए ।
ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा शाखा कार्यालय गुलरियाको प्राविधिक सहयोग तथा बक्लोर समुह बाँसगढीको आयोजनामा गोल्डेन फ्युचर सेकेन्डरी बोडिङ्ग स्कुल बेलवामा शिविर सञ्चालन भएको थियो ।
गोल्डेन फ्युचर सेकेन्डरी बोडिङ्ग स्कुल बेलवाका प्रिन्सिपल सतिस चौधरीको अध्यक्षतामा भएको तालिमको उद्घाटन कार्यक्रममा बाँसगढी नगरपालिकाका नगर उपप्रमुख सुष्मा चौधरी, बक्लोर समुह बाँसगढीका अध्यक्ष कृष्ण अधिकारी लगायतको सहभागिता रहेको भाईस प्रिन्सिपल शान्त केसीले जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्