कोहलपुर,१९ जेठ/ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) जिल्ला समिति बाँकेले यही जेठ २१ गते शैक्षिक हडतालको घोषणा गरेको छ ।
शैक्षिक क्षेत्रमा देखिएका विकृति र विसङ्गतिको अन्त्य गर्दै शिक्षामा आम विद्यार्थीहरुको पहुँच स्थापित गर्न आफूहरुले बुझाएको ज्ञापनपत्र, अन्तक्र्रिया र तालाबन्दीको सम्बन्धित पक्षले बेवास्ता गरेको भन्दै शैक्षिक हडतालको घोषणा गरिएको अखिल क्रान्तिकारी जिल्ला समिति बाँकेका अध्यक्ष मदन चन्दद्वारा हस्ताक्षेरित विज्ञप्तीमा उल्लेख गरिएको छ ।
केन्द्रिय कार्यक्रम अन्तर्गत यही जेठ २१ गते शैक्षिक हड्तालको घोषणा गरिएको र सो कार्यक्रमलाई सफल बनाउन बाँकेका व्याब्सन, एनप्याब्सन लगायत सम्पूर्ण सरोकारवाला निकायलाई आ–आफ्ना शैक्षिक संस्था बन्द गरी सहयोग गरिदिन आह्वान समेत गरिएको छ ।
प्रकाशित मिति : २०७५ जेठ १९ गते शनिबार









प्रतिक्रिया दिनुहोस्