यानबी साहु : कोहलपुर,१८ जेठ/ चर्चित संगीतकार बिनोद पछाईको संगीत रहेको निकै मिठो आधुनिक गीतको म्युजिक भिडियो बजारमा आएको छ ।
समधुर स्वरकी धनी चर्चित गायिका अन्जु पन्तको स्वरमा सजिएको ‘तिम्रा हजार गल्तीलाई’ बोलको गितको म्युजिक भिडियो बजारमा आएको हो ।
यस गीतमा गीतकार बिजया गुरुङ्गले निकै मिठा कर्णप्रिय तथा मर्मस्पर्शी शब्द संकलन गर्नु भएको छ ।
उक्त गीतमा नायिका संचिता लुइटेल, जीवन भट्टराई र बालकलाकार गीत पछाईको दमदार अभिनय रहेको छ ।
मोसन अफ लभमा एल्बम रहेको यस गीतकोे म्यूजिक भिडियो नवनारी मिडियाको आफ्नै युट्युव च्यानलमार्फत बजारमा आएको हो ।
श्रीमान श्रीमतीको प्रेम कथामा आधारित यस गीतको म्यूजिक भिडियोलाई निशान कायस्थले निर्देशन गर्नु भएको छ ।
प्रकाशित मिति : २०७५ जेठ १९ गते शनिबार
प्रतिक्रिया दिनुहोस्