कांग्रेस केन्द्रिय पार्टी प्रवक्ता शर्मा कोहलपुर आउँदै



कोहलपुर,१८ जेठ/  नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर १ को आयोजनामा आज (शुक्रबार) केन्द्रिय नेताहरुको सहभागीतामा प्रशिक्षण कार्यक्रम हुने भएको छ ।

समसामयिक राजनिति र अवको पार्टीको रणनितीका विषयमा दुई दिने प्रशिक्षण संचालन हुनेकांग्रेस बाँके क्षेत्र नम्बर १ का सभापति माधव खत्रीले दिए ।

आज दिउँसो १२ बजेपछि भेरी शीत भण्डारमा प्रशिक्षण कार्यक्रम संचालनहुने बताएको छ ।

प्रशिक्षण कार्यक्रमा नेपाली कांग्रेसका केन्द्रिय पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रिय नेताहरु मिनबहादुर विश्वकर्मा, मधु आचार्य र पूर्व केन्द्रिय सदस्य मनमोहन भट्टराईले प्रशिक्षण दिइने बताइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७५ जेठ १८ गते शुक्रबार