कविन्द्र परियार : कोहलपुर,१८ जेठ/ बाँकेको राप्तीसोनारी गाउँपालिका–८ स्थित साना किसान सहकारी संस्थाले महिला तथा पशुु सुत्केरीलाई प्रोत्साहन रकम वितरण गर्न थालेको छ ।
सहकारीले गत पुस महिना देखी हाल सम्म १७ जना महिला र ४ वटा सुत्केरी पशुलाई १ हजार रुपैयाका दरले सुत्केरी प्रोहत्सान रकम वितरण गरिएको सहकारी संस्थाका प्रबन्धक छविलाल वलीले जानकारी दिए ।
संस्थाको २० औं साधारण सभाले गरेको निणर्य बमोजिम प्रोत्सान रकम वितरण गरिएको सहकारीले जनाएको छ । सहकारीले कुनै शेयर सदस्यको मृत्यु भएमा पनि काजक्रिया खर्च वापत जनही १० हजार सहानुभुती रकम उपलब्ध गराउने गरेको बताईएको छ । जस अन्तर्गत हाल सम्म ४ जनाका मृतकका परिवारले भुक्तानी समेत पाइसकेका छन् ।
महिलाको हकमा बच्चा अस्पतालमा जन्मिएको रिर्पोट र जन्मदर्ताको प्रतिलिपि र पशु सुत्केरीको हकमा पशु बिमा कार्डको प्रतिलिपी बुझाउनुपर्ने प्रावधान रहेको छ । त्यस्तै मृत्यु सहानुभुति रकम लिन भने मृतकको मृत्युदर्ता र मृतकको नागरिकताको प्रतिलिपी बुझाउनु पर्ने सहकारीले जनाएको छ ।
सुत्केरी प्रोत्साहन रकम अन्तर्गत हाल सम्म तिला बुढा मगर , शान्ति चौधरी, मिना कुमारी विष्ट, सिता वली सरस्वती कुमाल, गंगा वली लगायतका १७ जना महिलाहरु सुत्केरीहरुले जनही एक हजारका दर प्रोत्सोहान रकम पाइसकेका छन् ।
त्यस्तै पशु प्रोत्साहन रकम अन्र्तगत भैसीपालक कृषक हिमालय गौतम, ठगी भण्डारी झम्पा गौतम तथा रमा पौडेलले समेत रकम भुक्तानी दिइसकिएको छ । त्यस्तै मृतक शेयर सदस्यहरु लाल बहादुर वली , निम बहादुर खनाल चेतराम थारु र छवि एरीका आफन्तलाई जनही १० हजारका दरले, सहानुभति रकम भुक्तानी दिइसकेको सहकारीले जनाएको छ ।
साना किसान सहकारी संस्थाका मुख्य प्रबन्धक हरिश चन्द्र के.सीले आमा र नवजात शिशुको पोषणको आहाराका लागि सुत्केरी प्रोत्साहन रकम दिन सुर गरिएको बताए । साथै आगामी साउन महिना देखी आमालाई १ हजार र बच्चाको लागि १ सय गरेर ११ सय दिइने बताए ।









प्रतिक्रिया दिनुहोस्