इलेक्ट्रोनिक्स तथा मोवाईल व्यवसायी संघको अध्यक्षमा शर्मा



कोहलपुर,१६ जेठ/    इलेक्ट्रोनिक्स तथा मोवाईल व्यवसायी संघ बाँके कोहलपुरको अध्यक्षमा रमणी प्रसाद शर्मा निवार्चित भएका छन् ।

मंगलबार कोहलपुरमा भएको संघको पाँचौं साधारण सभा तथा तेस्रो अधिवेशनबाट शर्मा सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् । अधिवेशनबाट शर्माको अध्यक्षयतामा १३ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरिएको छ ।

जसको प्रथम उपाध्यक्षमा परशुराम लामिछाने, द्वितिय उपाध्यक्षमा नमराज पौडेल, सचिवमा लक्ष्मण पाण्डे, कोषाध्यक्षमा लोकेन्द्र कुवर, सह–सचिवमा सुदिप प्रसाद धिताल सर्वसम्मत निर्वाचित भएका हुन् ।

त्यस्तै सदस्यहरुमा रामजी पौडेल, दिपक ढुङ्गाना, किरण केसी, धर्मराज सेढाई, केशवराज शाही, रामप्रसाद चौधरी र दिपेन्द्र भण्डारी निर्वाचित भएका छन् । नवनिर्वाचित पदाधिकारीहरुलाई मंगलबार नै शपथ तथा पदभार ग्रहण गराइएको थियो ।

पदाधिकारीहरुलाई मुख्य निर्वाचन अधिकृत शारदा प्रसाद कोईरालाले शपथ तथा पदभार ग्रहण गराएका थिए । यसै विच व्यवसायीहरुले उद्घाटन सत्रका प्रमुख अतिति कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतलाई व्यवसायीहरुलाई मार नपर्ने गरी कर निर्धारण गर्न आग्रह गरेका छन् ।

संघको साधारण सभामा ईलाका प्रशासन कार्यालय कोहलपुरका प्रमुख दत्तराज हमाल, कोहलपुर नगरविकास समितका अध्यक्ष अवराज खड्का, मध्यपचिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुरका प्रमुख राजेन्द्र सिंह खड्का, ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख यज्ञ प्रसाद भट्टराई, होटल व्यवसायी संघका बाँकेका अध्यक्ष बलराम भट्टराई लयगातको उपस्थिति रहेको थियो । कार्यक्रम इलेक्ट्रोनिक्स तथा मोवाईल व्यवसायी संघ बाँके कोहलपुरका पूर्व अध्यक्ष दिपक बहादुर भण्डारीको सभापतित्वमा सम्पन्न भएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७५ जेठ १६ गते बुधबार