एनसेल टावरमा आग्जनी गरेको आरोपमा तीन जना पक्राउ



कोहलपुर,१५ जेठ/  एनसेलको टावरमा आग्जनी गराउने कार्यमा संलग्न तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार गत वैशाख २९ गते राती बाँकेको बैजानाथ गाउँपालिका वडानं. ६ सम्झाना चोक र खजुरा गाउँपालिका वडानं.८ रनियापुरमा रहेको एनसेलको टावरमा आगो लगाई क्षति पु¥याएको अभियोगमा कोहलपुर–११ बाट नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको छ ।

पक्राउ पर्नेमा दैलेखको भैरवी गाउपालिका–३ घर भई हाल बाँके कोहलपुर बस्ने ३६ वर्षिय प्रकाश आचार्य, मुगुको खत्याड गाउपालिका–६ घर भई हाल बाँके कोहलपुर बस्ने १७ वर्षिय कालिबहादुर परियार र कोहलपुर नगरपालिका–११ का ३० वर्षिय तिलक गिरी रहेका छन् ।

प्रहरीले गत बैशाख २१ गते कोहलपुर–१० रामनगरमा रहेको क्याथोलिक चर्च र कोहलपुर–१४ हवलदारपुरमा रहेको कालिका कन्ट्रक्सनमा आगजानी गरेको घटनामा समेत अनुसन्धान भइरहको जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७५ जेठ १५ गते मंगलबार