रावन बिश्वकर्मा : बाँसगढी,१५ जेठ/ बाँसगढीमा जारी दमौली महिला कप फुटबल प्रतियोगिताको सुर्खेत र बर्दिया फाईनलमा प्रवेश गरेका छन् ।
जेठ १० गतेदेखि सञ्चालन भएको क्षेत्रस्तरिय प्रथम दमौली महिला कप फुटबल प्रतियोगितामा आइतबार दैलेखलाई शून्य का विरुद्ध २ गोल अन्तरले पराजित गर्दै बर्दिया विजयी हुँदै फाईनलमा प्रवेश गरेको थियो भने सोमबार शून्यका विरुद्ध ६ गोलले सुर्खेतले बर्दिया ‘बी’ टिमलाई हराएपछि सुर्खेत फाईनलमा पुगेको हो । फाईनलमा पुगेका टिम बर्दिया र सुर्खेत बिच आज (मंगलबार) दिउँसो ३ बजेदेखि फाईनल खेल सञ्चालन हुने आयोजक तथा खेल सञ्चालक नवराज गुरुङले बताए ।
फाईन खेलको विजेता टिमले रु ५० हजार १ रुपैयाँ तथा उप–विजेताले ३० हजार १ रुपैयाँ नगद शिल्ड र मेडल प्रदान गरिने छ भने सेमीफाईनलमा पुग्ने २ वटा टिमलाई प्रमाण पत्र सहित रु १० हजार नगद, उत्कृष्ट खेलाडिलाई नगद रु ५ हजार, उत्कृष्ट फरवार्ड, गोलकिपर, डिफेन्स, सर्वाधिक गोलकर्तालाई ३ हजार पुरस्कारको व्यवस्था गरिएको आयोजक जनजागृति समाज कल्याण युवा क्लव दमौलीका सचिव पवन गुरुङले बताए ।
“स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद” भन्ने नारा सहित जनजागृति समाज कल्यान युवा क्वल दमौली बर्दियाकोे आयोजनामा र गुरुंङ्ग डाइभिंग एण्ड ट्रेनिङ्ग सेण्टर प्रा.लि दमौली, पुर्ण गार्ड सेक्युरेटी सर्भिस प्रा.लि काठमाडौको मख्य प्रायोजनमा प्रतियोगिता भईरहेको हो ।
प्रतियोगितामा बर्दिया, बाँके, दाङ, दैलेख र सुर्खेत गरी पाँच जिल्लाका सात वटा टिमको सहभागी रहेको थियो । प्रतियोगिता आज (मंगलबार) फाईनल खेलसँगै विजेता, उपविजेता, सेमिफाईनल, र उत्कृष्ठ खेलाडीहरुलाई शिल्ड मेडल प्रमाण पत्र र पुरुस्कार वितरण गरिने आयोजक संस्थाका कृष्ण गुरुङले जानकारी दिए ।