19 July 2024  |   शुक्रबार, साउन ४, २०८१

सामुदायिक वन उपभोक्ता महासंघको अध्यक्षमा केसी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, जेष्ठ १४, २०७५  

कविन्द्र परियार : कोहलपुर,१४ जेठ/  राप्तीसोनारी गाउँपालिका स्तरीय सामुदायिक वन उपभोक्ता महासंघको अध्यक्षमा लोकतान्त्रिक प्यानलका कृष्ण केसी ६ मतको अन्तरले विजयी भएका छन् । शनिबार सम्पन्न महासंघको निर्वाचनबाट १ सय ३६ मत ल्याई के.सी अध्यक्षमा विजयी भएका हुन् ।

उनका प्रत्याशी बाम गठबन्धनका सालिकराम डाँगीले १ सय ३० मत प्राप्त गरेका थिए । त्यस्तै उपाध्यक्षमा लोकतान्त्रिक प्यानलका मदन बुढा विजयी भएका छन् । बुढाले १ सय३४ मत प्राप्त गरेका थिए भने वामगठबन्धनका कमल बस्नेतले १ सय २९ मत प्राप्त गरेका थिए ।

त्यस्तै सचिवमा भने वामगठबन्धनकी पार्वती बटाला निर्वाचित भएकी छिन् । बटालाले १ सय ३४ मत प्राप्त गरेकी थिइन् भने उनकी प्रत्यासी वाम गठबन्धनकी तिला परियारले १ सय ३० मत प्राप्त गरेकी थिइन् । कोषाध्यक्षमा पनि लोकतान्त्रिक प्यानलकै सविता केसी विजयी भएकी छिन् ।

केसी ले १ सय ३४ मत प्राप्त गरिन भने बाम गठबन्धनकी सिता परियारले १सय २९ मत प्राप्त गरेकी थिइन् । त्यस्तै अधिवेशनबाट २१ सदस्यीय समति चयन गरिएको छ । जसअन्तर्गत १० जना लोकतान्त्रिक र ११ जना बामगठबन्धनका सदस्यहरु रहेको निर्वाचन कमिटीले जनाएको छ ।

अधिवेशनबाट प्रदेश सदस्यका समेत निर्वाचित सम्पन्न भएको छ । निर्वाचनबाट प्रदेश सदस्यहरुमा लोकतान्त्रिक प्यानलका सिरधर उपाध्याय, डिल्ली गिरी, हर्ष वर्दन चौधरी भिम कुमारी विष्ट, नन्दा कुमारी न्यौपाने, यसा वली विजयी भएका छन् । बाम गठबन्धनबाट शोभा वली विजयी भएकी छिन् ।

त्यस्तै लेखा तथा अनुगमन समितिमा पनि लोकतान्त्रिक प्यानलका सिता भण्डारी विजयी भएकी छिन् । भण्डारीले १ सय ३४ मत प्राप्त गरिन् भने उनका प्रत्यासी बाम गठबन्धनका दल बहादुर खड्काले १ सय २७ मत प्राप्त गरे । त्यस्तै न्यायिक समिति संयोजकमा पनि लोकतान्त्रिक प्यानलकै द्रोपती बस्नेत विजयी भएकी छिन् ।

बस्नेतले १ सय ३१ मत ल्याइन्, भने उनकी प्रत्यासी बाम गठबन्धनकी अमृता देवकोटाले १ सय १९ मत प्राप्त गरिन् । निर्वाचनमा खसेको जम्मा २ सय ७३ मत मध्य २ वटा खाली र ६ मत बदर भएको निर्वाचन प्राविधिक नारायण उपाध्यायले जानकारी दिए ।

प्रकाशित मितिः सोमवार, जेष्ठ १४, २०७५     7:29:26 AM  |