रावन बिश्वकर्मा : बाँसगढी,१३ जेठ/ बाँसगढीको दमौलीमा सञ्चालन भइरहेको क्षेत्रस्तरिय प्रथम दमौली महिला कप फुटबलमा आज (आइतबार) देखि सेमिफाइनलका खेलहरु हुदै छन् ।
यहि जेठ १० गतेदेखि सञ्चालन भएको प्रतियोगितामा पहिलो दिन बर्दिया ए टिम र दाङ बिच भएको खेलमा शून्यका विरुद्ध ८ गोलले बर्दिया विजयी भएको थियो ।
त्यस्तै दोस्रो दिन सुर्खेत र बाँके बिच भएको खेलमा सुर्खेतले शून्यका विरुद्ध २ गोलले विजयी भएको थियो भने शनिबार तेस्रो दिन दिपज्योति विद्या सदन बाँके कोहलपुर र बर्दिया बि टिम बिच भएको खेलमा पेलान्टिमा ४ का विरुद्ध ५ गोलले बर्दिया बि टिम विजयी भएको छ ।
आज (आईतबार) बाईमा परेको टिम दैलेख र बर्दियाको विजयी भएको ए टिम बिच प्रतिस्पर्धा हुने आयोजक संस्थाका अध्यक्ष नवराज गुरुङले बताए । “स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद” भन्ने नारा सहित जनजागृति समाज कल्यान युवा क्वल दमौलीकोे आयोजनामा र गुरुङ ड्राइभिङ्ग एण्ड ट्रेनिङ्ग सेण्टर प्रा.लि दमौली, पूर्ण गार्ड सेक्युरेटी सर्भिस प्रा.लि काठमाडौको मुख्य प्रायोजनमा प्रतियोगिताको सञ्चालन भइरहेको छ ।
प्रतियोगितामा बर्दिया, बाँके, दाङ, दैलेख र सुर्खेत गरि पांच जिल्लाका ७ वटा टिमको सहभागीता रहेको आयोजक संस्थाका सचिव पवन गुरुङले बताए ।
प्रतियोगितामा प्रथम हुने टिमलाई शिल्ड मेडल सहित ५० हजार १, उपविजेतालाई शिल्ड मेडलसहित ३० हजार १, सेमीफाईनलमा पुग्ने २ वटा टिमलाई प्रमाण पत्र सहित १० हजार नगद पुरस्कार दिइने आयोजक संस्थाका कृष्ण गुरुङले जनाए ।









प्रतिक्रिया दिनुहोस्