1 December 2023  |   शुक्रबार, मंसिर १५, २०८०

अपाङ्गता बालबालिकालाई अभिमुखीकरण

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, जेष्ठ १३, २०७५  

बाँसगढी,१३ जेठ/   बर्दियाको बाँसगढीमा अपाङ्गता भएका बालबालिकाहरुको स्याहार सुसार सम्बन्धी अभिमुखीकरण सम्पन्न भएको छ । समावेशी शिक्षा प्रवद्र्धन परियोजना अन्तर्गत प्लान ईन्टरनेशनल नेपाल फिल्ड कार्यालय नेपालगञ्जको सहयोग तथा बर्दिया अपाङ्ग पुनस्र्थापना केन्द्रको समन्वय र राधाकृष्ण थारु जनसेवा केन्द्र गुलरियाको आयोजनामा सो अभिमुखीकरण कार्यक्रम भएको हो ।

कार्यक्रममा अपाङ्गता भएका बालबालिकाहरुलाई परिवार विद्यालय र समाजमा बोझ्को रुपमा नहेरी उनीहरुलाई उपयुक्त सहयोग र स्याहार सुसार गरेर जीवन जिउँने कुरामा सहयोग पु¥याउनु पर्नेमा जोड दिइएको थियो ।

कार्यक्रममा उनीहरुको स्याहार सुसार र पहिचान, उनीहरुलाई बोलाउँदा प्रयोग गर्ने उपयुक्त शब्द, संविधानमा व्याख्या गरेको संविधानको मौलिक हकको, अपाङ्गता भएका बालबालिकाहरुको अवस्था लगायतका बारेमा सहजकर्ता नेत्र प्रसाद सापकोटाले सहजीकरण गरेका थिए ।

नेपाल राष्ट्रिय माध्यामिक विद्यालय बाँसगढीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिम बहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा बाँसगढी नगरपालिकाका नगर प्रमुख सालिकराम अधिकारी, श्रोत व्यक्ति ढाकाराम ढकाल, नेरा मावि बाँसगढीका प्रधानाध्यापक निराजन चापागाँई, बर्दिया अपाङ्ग पुनस्र्थापना केन्द्रका अध्यक्ष कृष्ण बहादुर क्षेत्री, राधाकृष्ण थारु जनसेवा केन्द्र गुलरियाका कार्यक्रम अधिकृत जितराम चौधरी, सहजकर्ता ममता माझी, दुर्गा रावल, नगरस्तरिय अपाङ्ग सञ्जालका उपाध्यक्ष सबिना चौधरी, शिक्षक युवराज कुवर लगायत अपाङ्गता भएका बालबालिकाहरु, अभिभावक, शिक्षकहरुको सहभागिता रहेको थियो ।

आरके जेएस गुलरियाका कार्यक्रम अधिकृत जितराम चौधरीले कार्यक्रमको बारेमा प्रकाश पारेका थिए भने सञ्चालन नेरा माविका शिक्षक फणेन्द्र प्रसाद ढुंगानाले गरेका थिए ।

प्रकाशित मितिः आइतवार, जेष्ठ १३, २०७५     7:34:00 AM  |