बाँसगढीमा गुडिरहेको बसमा आगलागी,सबै यात्रु सकुशल



बर्दिया,१२ जेठ/ पूर्वपश्चिम राजमार्गको बर्दिया बाँसगढी सडक खण्डमा काठमाण्डौबाट डडेल्धुरा जादै गरेको एक यात्रुबाहक बसमा आज बिहानै अचानक आगो लागेको छ ।

बाँसगढी नगरपालिका वडा नं.३ उत्तरभकारीमा उग्रतारा ट्राभल्सको बा ४ ख ८४९२ यात्रुबाहक बसले ट्रकलाई ओभरटेक गर्ने क्रममा दायाँ पट्टिको चक्का घिसारिएर आगो लागेको प्रारम्भिक अनुमान गरिएको छ ।

बसमा चालक दलका सदस्य सहित ३८ जना सवार थिए । मानवीय क्षति भने नभएको इलाका प्रहरी कार्यालय बाँसगढीले जनाएको छ । प्रहरी र स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिइएकोे छ ।

  • No tags available
प्रकाशित मिति : २०७५ जेठ १२ गते शनिबार