1 December 2023  |   शनिबार, मंसिर १६, २०८०

जोखिम न्यूनिकरण सम्बन्धि तीन दिने तालिम सम्पन्न

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, जेष्ठ १२, २०७५  

कोहलपुर,१२ जेठ/  कोहलपुर नगरपालिका अन्तर्गत जोखिम व्यवस्थापका लागि सामुदायमा आधारित विपद् जोखिम न्यूनीकरण सम्बन्धी तीन दिने तालिम शुक्रबार सम्पन्न भएको छ । कोहलपुर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाईटी उपशाखा कोहलपुरको आयोजनामा सम्पन्न भएको हो ।

तालिम समापन कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका उपमेयर सञ्जुकुमारी चौधरीले प्राकृतिक विपदबाट हुने मानविय क्षतिलाई कम गर्नका लागि स्थानीय सरकार लागि परेको र कोहलपुर नगरपालिका भित्र हुने प्राकृतिक विपद्लाई न्यूनिकरण गर्नका लागि स्थानिय सरकारले नेपाल रेडक्रस सोसाईटीसँग सहकार्य गरीरहेकोे बताउँदै तालिमले प्राकृतिक विपद्बाट जानता माथि आईपर्ने समस्याको समाधान गर्ने विश्वास व्यक्त गरिन् ।

तालिममा नेपाल रेडक्रस सोसाईटी उपशाखा कोहलपुरका कार्यालय प्रमुख लाल बहादुर रानाले विपद् सम्बन्धि मतत्वपूर्ण शव्दावलीहरुको परिचय, विपद् प्रतिकार्यका लागि आचार संहिता, स्वयंसेवक आचार संहिता, तथ्यांक संकलन तथा आवश्यकता पहिचान, राहत वितरण प्रणाली सम्बन्धि प्रशिक्षण दिएका थिए ।

त्यस्तै समुदायमा आधारित विद् जोखिम व्यवस्थापन, बाढी पहिरो, लागलागि, भूकम्प, शितलहर, हावाहुरी, पूर्वतयारी सम्बन्धि प्रलाद बहादुर विश्वकर्माले प्रशिक्षण दिएका थिए भने प्रकोप व्यवस्थापन, समुदायिमा आधारित समावेशी पूर्व सूचना प्रणाली र आपत्कालिन खानेपानी तथा सरसफाई सम्बन्धी गोरीलाल बुढाथोकीले प्रशिक्षण दिएका थिए ।

तालिममा सहभागि शिवध्वज शाहीले समुदायिमा रहेका संकटासन्नता समूहको पहिचान तथा क्षेत्रगत अवधारण सम्बन्धी र स्थानिय विपद् जोखिम व्यवस्थापन योजना निर्माण गर्दा ध्यान दिनुपर्ने कुरालाई राम्रोसँग बुझेको बताए ।

तालिममा अर्का सहभागि धनराज बुढाथोकीले समुदायमा हुन सक्ने विभिन्न प्राकृतिक र मानविय विपद् र जोखिमलाई न्यूनिकरण कसरी गर्न सकिन्छ भन्ने कुरा तालिममा राम्रोसँग बुझेको बताए । त्यस्तै तालिममा विपद्मा परेका जनतालाई कसरी उनको सुरक्षाका साथै अन्य कुराको व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने कुराको जानकारी पाएको सहभागी प्रहरी सहायक निरीक्षक प्रकाश बहादुर चन्दले बताएका छन् ।

नेपाल रेडक्रस सोसाईटी उपशाखा कोहलपुरका सभापति नारायण गौडेलले सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा कोहलपुर नगरपालिकाका १५ वटै वडाका प्रतिनिधि, रेडक्रमकर्मी र सुरक्षा निकायका गरी ३१ जनाको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः शनिबार, जेष्ठ १२, २०७५     8:03:32 AM  |