भ्यानको ठक्करबाट एकको ज्यान गयो



कोहलपुर,१० जेठ/  पूर्व पश्चिमराजमार्ग अन्तर्गत बाँकेको कोहलपुर नगरपालिका–३ मदनचोक नजिकै भ्यानले ठक्कर दिँदा बिहीबार एक जनाको ज्यान गएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा १७ च ५६३५ नम्बरको पिकअप भ्यानले ठक्कर दिँदा पैदलयात्री विराटनगर उपमहानगरपालिका–घर भई हाल कोहलपुर–३ बस्ने अशोक कुमार गुप्ताको ज्यान गएको हो ।

सो पिकअप भ्यानको ठक्करबाट गम्भिर घाइते गुप्ताको उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ज्यान गएको कोहलपुर प्रहरीले जनाएको छ ।

गुप्तालाई ठक्कर दिने भ्यान र चालक कञ्चनपुर जिल्ला कृष्णपुर गाउँपालिका–७ का लाल बहादुर कार्कीलाई कोहलपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७५ जेठ १० गते बिहीबार