रावन बिश्वकर्मा: बर्दिया,७ जेठ/ बर्दिया बाँसगढी ३ उत्तरभकारीमा बस दुर्घटना हुदा २१ जना घाईते भएका छन ।
सोमबार बिहान पोखराबाट महेन्द्रनगर तर्फ गईरहेको ना ५ ख ८९७ नम्बरको यात्रुबस पुर्वपश्चिम राजमार्ग अन्तगर्त पर्ने बाँसगढी ३ उत्तरभकारीमा अनियन्त्रित भई रोडको उत्तर तर्फ पल्टिएको होे ।
दुर्घटनामा घाईते मध्य ७ जनालाई गम्भीर चोट लागेको छ । ईलाका प्रहरी कार्यालय मोतिपुर बाँसगढीका प्रहरी साहायक निरिक्षक रबिलाल अस्लामीका अनुसार गम्भिर घाईते मध्य बाँसगढी नगरपालिका वडा नम्वर ८ ककौराका १७ वर्षीय विरबहादुर विकको अबस्था चिन्ताजन रहेको छ ।
उनको उपचार कोहल्पुर हुन नसके पछि बिएनबि अस्पताल काठमाडौ रिफर गरिएको छ । बिरबहादुरलाई दायाँ हात घाँटी र खुट्टामा चोट लागेको छ ।
गम्भिर घाईते मध्य बाँसगढी ३ का ६५ बर्षका बिरबहादुर पोख्रेल, चुरे ५ कैलालीकी ५ वर्षीया श्रृष्टि तामाङ्ग, कास्की वेगनासताल निवासी ३० वर्षीय मनिषा पोखरेल र ६ बर्षकी छोरी सम्बृद्धि पोख्रेल, कञ्चनपुर बलौरी ६ निवासी २२ वर्षीय सुकराम राना र कास्की पोखरा लेखनाथ मनपा का २७ बर्षिय अमृत कुमार श्रेष्ठ गम्भीर घाइते भएका छन् । घाइतेहरुको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ ।
उनीहरुको टाउको, हातखुट्टा, लगायत शरीरमा चोटपटक लागेको छ । घाइतेमध्ये १४ जनाको अवस्था सामान्य रहेको ईलाका प्रहरी कार्यालय मोतिपुर बाँसगढीले जनाएको छ । दुर्घटनामा तीनजना नेदरल्याण्डका पर्यटकहसमेत सामान्य घाइते भएको प्रहरीले जनाएको छ । बसमा ४० जना यात्रु सवार रहेको जनाईएको छ ।