आन्दोलित विद्यार्थीहरुमाथि प्रहरीद्वारा लाठी चार्ज, अनेरास्ववियूका क्षेत्रीय समापति सहित ४ जना नियन्त्रणमा



कोहलपुर,४ जेठ/ कोहलपुरका विभिन्न विद्यार्थी संगठनहरु आन्दोलित भएका छन् ।

बुधबार दुर्घटना परी मृत्यु भएका शिक्षक ऋषिराम चापागाई घटनाको छानविन गरी परिवारलाई उचित क्षतिपुर्तिको माग गर्दै आएका विद्यार्थीहरुलाई प्रहरीले नियन्त्रणमा लिएपछि आन्दोलित भएका हुन् ।

प्रहरीले अनेरास्ववियू बाँके क्षेत्र नं.१ का क्षेत्रीय सभापति सुमन घिमिरे, नेवि संघका कमल शाही, अखिल क्रान्तिकारीका राष्ट्रवादी विद्यार्थी संघका महामन्त्री विजय काफ्ले लगायतका विद्यार्थी नेताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

विद्यार्थीहरुले क्ष्ोतीपूर्तिको माग गर्दै नारा बाजी गर्दै पसल तथा गाडीहरु बन्द गराउदै हिडेको आन्दोलनमा उत्रिएका केही विद्यार्थीहरुलाई लाठी चार्ज गर्दै प्रहरीले नियन्त्रणमा लिएको छ ।

अहिले कोहलपुर बजार क्षेत्र तनावग्रस्त बनेको छ कोहलपुर बजार क्षेत्रमा सम्भावित घटना घट्न नदिन ठूलो मात्रामा प्रहरी परिचालन गरिएको छ । यस्तै विद्यार्थी संगठनहरुले कोहलपुर नगरभित्रका सम्पूर्ण शैक्षिक संस्थाहरु समेत बन्द गराएका छन ।

  • No tags available
प्रकाशित मिति : २०७५ जेठ ४ गते शुक्रबार