6 December 2023  |   बुधबार, मंसिर २०, २०८०

‘सुर्तिजन्य पदार्थको रोकथाम आवश्यक’

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, जेष्ठ ४, २०७५  

रावन बिश्वकर्मा बाँसगढी,४ जेठ/ बाँसगढी नगरपालिकाका नगर प्रमुख सालिकराम अधिकारीले सुर्तिजन्य पदार्थको रोकथामको लागि सबैको सहयोग आवश्यक रहेको बताए ।

बाँसगढी नगरपालिकाले बिहिबार आयोजना गरेको सुर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन सम्बन्धी चेतनामूलक अन्तत्र्रिmयामा प्रमुख अधिकारीले सुर्तिजन्य पदार्थले मानिसको ज्यानै समेत लिने भएकाले विभिन्न संघसंस्था, नागरिक समाज, जनप्रतिनिधि, उद्योग वाणिज्य संघ, सञ्चार माध्यम लगायतको साथ र सहयोगको आवश्यकता आँैल्याए ।

उनले सुर्तिजन्य पदार्थ बेचबिखन र नियन्त्रण गर्नको लागि बाँसगढी नगरपालिका लागि पर्ने कुरामा समेत जोड दिए । कार्यक्रममा बाँसगढी नगरपालिकाका स्वास्थ्य संयोजक सुरेश कुमार रेग्मी र डेउढाकला स्वास्थ्य चौकीका प्रमुख होमनाथ देवकोटाले स्वास्थ्यको अवस्थाका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा नगर उपप्रमुख सुष्मा चौधरी, इलाका प्रशासन कार्यालय बाँसगढीका प्रमुख महेन्द्रजंग शाही, बाँसगढी उद्योग वाणिज्य संघका अध्यक्ष रामसिंह थारु, महासचिव युगपति पौडेल लगायतले सुर्तिजन्य पदार्थ रोगथाम र यसको हानी नोक्सानीका बारेमा आफ्नो भनाई राखेका थिए ।

बाँसगढी नगरपालिका वडा नं.५ का सदस्य तथा नगरकार्यापालिका सदस्य रामलौटन थारुको सभा अध्यक्षतामा भएको कार्यक्रममा बाँसगढी नगर कार्यपालिका सदस्य सर्जने कामी, बाँसगढी नगर सभाका उपाध्यक्ष राम चन्द्र पौडेल, नगरस्तरीय महिला सञ्जालका संयोजक शिवाकुमारी सापकोटा, समाजसेवी, व्यापारी, सञ्चारकर्मी लगायत गरी ५० बढीको उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन बाँसगढी नगरपालिकाका सुचना अधिकारी शेर बहादुर केसीले गरेका थिए ।

प्रकाशित मितिः शुक्रबार, जेष्ठ ४, २०७५     7:29:52 AM  |