कोहलपुर,४ जेठ/ बाँकेको राप्तीसोनारी–८ शम्शेरगजंमा स्थित बुढाथोकी कृषि फार्ममा लगाइएका १८ सय केराका बोटहरु हावाहुरीका कारण नष्ट भएका छन् । गत आइतबार आएको हावाहुरीले १८ सय केराका बोटहरु भाचिदिएको फार्मकी सञ्चालक ईन्द्रकला बुढाथोकीले बताइन् ।
‘यसवर्ष हरिछाल जातका ४ हजार केरा लगाएकोमा करिब १८ सय केरा हावाहुरीले नष्ट गरिदियो’ ईन्द्रकलाले भनिन् । ‘दुई दिन अघि मात्र वीमा गर्ने भनेर योजना बनाएकी थिए । तर हावाहुरीले नष्ट गरिदियो ।’ उनले थपिन्
जनप्रतिनिधिहरुले सामान्य अवलोकन मात्र गरेको र राहतको विषयमा कुनै प्रतिक्रिया नदिएको उनको गुनासो छ । ईन्द्रकलाले १५ विगाह जग्गा भाडामा लिएर केरा खेती गरिरहेकी छिन् । उनले विगत तीन वर्षदेखि केरा खेती गर्दै आइरहेकी छिन् ।
प्रकाशित मिति : २०७५ जेठ ४ गते शुक्रबार









प्रतिक्रिया दिनुहोस्