कोहलपुर,१ जेठ/ अनेरास्ववियूको ५४ औं स्थापना दिवसका अवसरमा राप्तीसोनारी गाउँपालिका वडा–६ फत्तेपुरस्थित दिपज्योति आधारभुत विधालयमा अध्ययनरत विद्यार्थीलाई मंगलबार शैक्षिक सामाग्री वितरण गरिएको छ ।
अनेरास्ववियू क्षेत्रीय कमिटी क्षेत्र नम्बर १ को आयोजनामा विद्यालयमा अध्ययनरत १ सय ५० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो ।
अनेरास्ववियू क्षेत्रीय कमिटी क्षेत्र नम्बर १ का अध्यक्ष सुमन घिमिरेको सभापतित्वमा भएको कार्यक्रममा करिब ५० हजारको शैक्षिक सामग्री कपि कलम वितरण गरिएको हो ।
नेकपा एमाले प्रदेश नम्बर ५ का सदस्य पुजन बिश्वकर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा, क्षेत्र नं १ का इन्चार्ज सूर्य ढकाल, क्षेत्रीय अध्यक्ष बलाराम भट्टराई, बाँके जिल्ला विद्यार्थी इन्चार्ज अब्दुर हुसेन खाँ, बागेश्वरी बहुमुखी पब्लिक क्याम्पस कोहलपुरका स्ववियू सभापति दिनेश के.सी., जिल्ला कमिटिी सदस्य लालबहादुर थापा लगायतको सहभागिता रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्