खजूरा,३१ वैशाख / बाँकेको खजूरा गाउँपालिका वडा नम्बर १ राधापुरले महिलाहरुलाई व्यवसाय सञ्चालनका लागि सिलाई मेसिन सहयोग गरेको छ ।
वडाका १८ जना महिलालाई ६ हप्ते एडभान्स सिलाई कटाई तालिम दिएपछि सहभागीलाई सिलाई कटाई मेसिन उपलब्ध गराइएको हो । समृद्धिका पाइला बाँकेले खजुरा गाउँपालिकाको सहयोगमा सिलाई कटाई तालिमको आयोजना गरेको थियोे ।
तालिमको समापनमा वडा अध्यक्ष सुमन मल्ल, खजुरा गाउँपालिका कार्यपालिका सदस्य फत्तेकुमारी जैशी, वडा सचिव चिरञ्जीवी पाण्डे, प्रशिक्षक मिना मिश्राले तालिमलाई उपलब्धीमूलक बनाउन सहभागीहरुलाई आग्रह गरेका थिए ।
तालिमका सहभागीहरुले केही दिनभित्रै व्यावसायिक रुपमा सिलाई कटाई सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् । समृद्धिका पाईलाका अध्यक्ष किरण ढकालले व्यावसायिक रुपमा सिलाई कटाई सञ्चालनका लागि संस्थाले अन्य सहयोग जुटाउन पहल गर्ने बताए ।