नेपालगन्ज,३१ वैशाख/ विद्यालयमा बालबालिकाहरुको पढ्न पाउने अधिकारसँगै उनीहरुलाई विद्यालयमा कसरी सुरक्षित राख्न सकिन्छ भन्ने उदेश्यका साथ गुनासो सुन्ने सुनाउने विषयक एक दिने अभिमुखीकरण कार्यक्रम नेपालगन्जमा सोमबार सम्पन्न भएको छ ।
विद्यालयमा पठन पाठन भए नभएको एवं शिक्षक कक्षामा उपस्थित भए नभएको भन्ने विषयमा तथा विद्यालयमा हुन सक्ने संभावित दुर्घटनाहरुलाई कसरी गुनासो सुनुवाई मार्फत समाधान गर्न सकिन्छ भन्ने उदेश्यका साथ कार्यक्रमको आयोजना गरिएको हो ।
सेभ द चिल्ड्रनका विरेन्द्र थापाले गुनासो सुनुवाई कार्यविधि प्रस्तुत गरेको कार्यक्रममा बाँके युनेस्को क्लव सहयात्रा परियोजना कार्यक्रमका संयोजक अशिक वर्माले कार्यक्रमको औचित्य माथि प्रकाशन गरेको थिए ।
उक्त अभिमुखीकरण कार्यक्रममा नेपाल राष्ट्रिय आधारभु विद्यालयका घरबारी टोलका प्रधानध्यापक लिला उपाध्याय, धम्वोझी माध्याविक विद्यालयका प्रधानध्यापक किरण आर्चाय, मंगल प्रसाद माविका सहायक प्रधानध्यापक लक्ष्मण प्रसाद गौतम लगाएतले आ–आफ्नो कुरा राखेका थियो ।
आधिकांश सहभागीहरुले गुनासो पेटिकाले शिक्षाको स्तरमा चासोमा सकारात्म परिवर्तन ल्याएको भएता पनि यसलाई तत्काल न्याय पाउने किसिमल परिमार्जन गर्नु पर्ने बताएका थिए ।
बाँके युनेस्को क्लवको आयोजना र सेभ द चिल्ड्रन तथा नेपालगन्ज उप महानगरपालिकाको सहयोगमा सम्पन्न गरिएको कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका भित्रका २ वटा मदरसा र १७ ओटा सरकारी विद्यालय गरी जम्मा १९ ओटा विद्यालयका प्रधानध्यापक, विद्यालयका गुनासो सुनुवाईका संयोजक शिक्षक, वडास्तरीय बाल सञ्जाल समितिका पदाधिकारी, नगरबाल संजालका संयोजक गरी ४५ बढिको सहभागिता रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्