बाँकेका १५ प्रतिशत घरधुरीले मात्र स्वच्छ धाराको पानी प्रयोग गर्छन : चौधरी



कोहलपुर,३० वैशाख/ बाँकेका करिव पन्ध्र प्रतिशत घरधुरीले मात्र स्वच्छ धाराको पानी पउिने गरेको पाइएको छ । जिल्लाका अन्य ८० प्रतिशत घरधुरीले अझै पनि कुँवा, ईनार, हेण्डपम्प जस्ता स्रोतबाट खानेपानी प्रयोग गर्ने गरेको पाइएको हो ।

जिल्लाका कुल ९३ हजार ४ सय २ घरधुरी मध्ये ६ हजार ६ सय ७२ घरधुरीमा स्वच्छ खानेपानीको पहुँच नभएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय नेपालगन्जका प्रमुख राजकुमार चौधरीले जानकारी दिए ।

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय नेपालगन्जले बाँके जिल्लाका कुल ८६ हजार ७ सय ३० घरधुरीमा खानेपानीको पहुँच पुगेको भएपनि पन्ध्र प्रतिशत घरधुरीले मात्र प्रयोग गर्ने गरेको पाइएको हो ।

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय नेपालगन्जका प्रमुख राजकुमार चौधरीले सरकारको सन् २०२० सम्म नेपालका सबै जनतासम्म आधारभुत स्तरको खानेपानी पु¥याउने लक्ष्य अनुसार बाँकेका ९३ हजार ४ सय २ घरधुरी मध्ये ८६ हजार ७ सय ३० घरधुरीमा खानेपानीको पहुँच पुराइएको बताए ।

उनले जिल्लामा गत वर्षदेखि तराई मधेश खानेपानी कार्यक्रम र उच्च प्रविधि युक्त खानेपानी कार्यक्रम गरी करिव ६० वटा विभिन्न खालका योजना सञ्चालनमा रहेको जानकारी दिए ।

नेपालगन्ज, खजुरा, कोहलपुर लगायतका क्षेत्रभन्दा बाहिर पनि अहिले धाराको पानी उपभोक्तालाई वितरण गरिन थालिएको छ । जिल्लाका विभिन्न गाउँहरुबाट समेत शुद्ध खानेपानी योजनाको निर्माणको लागि माग बढ्दै जान थालेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७५ वैशाख ३० गते आइतबार