नेपालगन्ज,३० वैशाख/ नेपालगन्जमा जारी १४ बर्षमूनिको मेयरकप अन्तर बिद्यालय छात्र÷छात्रा फुटबल प्रतियोगितामा शनिवार भएको खेलमा जनज्योति मावि कोहलपुर र अमर मावि सि गाउँ विजयी भएका छन् ।
पहिलो खेलमा जनज्योति मावि कोहलपुर र नेपालगन्ज मोडेल एकेडेमी विच भएको प्रतिस्पर्धामा जनज्योति मावि विजयी भएको छ । जनज्योति माविले नेपालगन्ज मोडेल एकेडेमीलाई ५ का विरुद्ध १ गोलले पराजित गरेका थिए ।
जनज्योति माविका तर्फबाट शिशिर थापाले २ गोल, विबेक शाहीले १ गोल, मोहन सिह मगरले १ गोल र, मुकेश घर्तीले १ गोल गर्न सफल भएका थिए । यस्तै नेपालगन्ज मोडेल एकेडेमी तर्फबाट शुशिल थापाले १ गोल फर्काउन सफल भएका थिए ।
यस्तै गुराँस चायल्ड उड रिमझिम चोक र अमर मावि सि गाउँ विच भएको खेलमा दुवै टिम बराबरीमा सम्पन्न भएको थियो । बराबरीमा टुङगेको खेलमा रेफ्रिले सिधै ट्राईकेरमा प्रवेश गराएको थियो । ट्राईबेकरमा अमर मावि सि गाउँले ३ गोलले विजयी हासिल गरेको छ ।
शनिवार नै भएको सिनियर तर्फ पहिलो खेल भु.पु. सैनिक र बुद्ध स्कुल विच प्रतिस्पर्धा भएको थियो । भु.पु. सैनिकले ७ गोल गर्न सफल भएको छ । जसमा मनिष थापाले ४ गोल, अभिषेक गुरुङले १ गोल, चेतन खड्काले १ गोल र रुपेश थापाले १ गोल गर्न सफल भएका थिए ।
होप इन्टरनेश्नल स्कुल नेपालगन्ज र व्रिटीस स्कुल नेपालगन्ज विच पनि प्रतिस्पर्धात्मक खेल सम्पन्न भएको छ । होपले विट्रिस स्कुललाई ३ का विरुद्ध जिरोले पराजित गरेको छ । जसमा होपका तर्फबाट नवीन बुढाले १ गोल र रमेश बुढाले २ गोल गरेका थिए भने विट्रिसले केही गोल गर्न नसकेको आयोजकले जनाएको छ ।
बाँके जिल्ला फुटबल संघ र नेपालगन्ज उपमहा–नगरपालिकाको सयुक्त आयोजनामा भएको खेलमा १४ बर्ष मुनि र १६ बर्ष मुनि ब्वायज तथा १६ बर्ष मुनिको गर्ल्स गरि ३ वटा विधामा प्रतिस्पर्धा भई रहेको प्रतियोगितामा बाँके जिल्ला भरिका ३४ वटा टिमले सहभागिता जनाएका छन् ।
यु–१४ ब्वायजमा जम्मा १६ विद्यालयका टिमले सहभागिता जनाएका छन् भने यु–१६ ब्वायज टिममा १४ विद्यालयका टिमले सहभागिता जनाएका छन् ।