बर्दियाको बाँसगढी नजिकै डुन्डवा पुलमा बम फेला



बर्दिया,३० वैशाख/  पुर्वपश्चिम राजमार्ग अन्तरगत बर्दियाको बासगढी नगरपालिका —३ स्थित डुन्डवा खोलाको पुलमा अज्ञात समुहले प्रेसर कुकुर बम राखेको कारण आवगमन बन्द भएको छ ।

आज बिहान करिब ९ बजे तिर बम राखिएको ईलाका प्रहरी कार्यालय बाँसगढीका प्रहरी नायव निरिक्षक रविलाल अस्मालीले जानकारी दिए । सो क्षेत्रमा भैरव प्रसाद गण गुलयिाबाट नेपाली सेनाको बम डिस्पोजलका आईएको बताएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७५ वैशाख ३० गते आइतबार