गाभर भ्याली क्षेत्रमा तारवार गरिने



कोहलपुर २९ वैशाख/  बाँके राष्ट्रिय निकुञ्ज क्षेत्र सँग जोडिएका गाउँहरुमा मानव र जन्तु बिचको द्धन्दन्युनिकरण गर्न बैजनाथ गाउँपालिकाले मेस जाली सहितको तारवार गर्न शुरुवात गरेको छ ।

समुदायको मागलाई मध्यनजर गर्दै यस आ.व. मा ३५ लाख बरावरको लगानीमा च्यामा गाउँ हुँदै गाभर भ्याली क्षेत्रमा तारवार गरिने भएको छ । सरोवारवाला निकायहरु बाँके राष्ट्रिय निकुञ्ज, बैजनाथ गाउँपालिका, जुलोजिकल सोसाईटी अफ लण्डन (जेड.एस. एल) र समुदायको जनश्रमदानमा झण्डै ४ किलोमिटर बरावर क्षेत्रफलमा तारवार गरिने छ ।

जाली तारवारले बन्यजन्तुलाई सहजै समुदायमा आउनबाट रोक्ने छ भने समुदायका वासिन्दाहरु बिना काम वनमा जानबाट रोक्ने हुँदा प्रभावकारी हुने रारा मधुमध्यवर्ती उपभोक्ता समुहले जनाएको छ ।

वन्यजन्तुबाट कृषि जन्य क्षती व्यापक हुने भएकाले यसको रोकथामकालागि गाउँपालिकाले रु १० लाख, बाँके राष्ट्रिय निकुञ्जको रु. २० लाख र जुवलोजिकल सोसाईटी अफ लण्डनको रु.५ लाखले तारवार भइरहेको छ ।

सरोकारवालाहरुको रकम एकमुष्ट लगानी गर्न छलफल गरी त्रिपक्षिय हस्ताक्षर गरी मेस जाली सहितको तारवार गर्ने निश्चित गरिएको छ ।

बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिल बहादुर पुर्जापुन, बैजनाथ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विरेन्द्र बहादुर माझी, देउराली हरियाली मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका अध्यक्ष कृष्ण बहादुर चौधरीले उक्त कार्यकालागि त्रिपक्षीय हस्ताक्षर गरेका छन ।

मानव र वन्यजन्तु बिचको द्धन्द न्यूनिकरण गर्ने विकल्पको रुपमा तारवार शुरु गरिएको र प्रत्येक वर्ष बजेट तर्जुमा गरी मध्यवर्ती क्षेत्रमा पर्ने बस्ती र जंगल बिचमा तारवारले घेरवार गर्ने बैजनाथ गाउँपालिकाले जनाएको छ ।

मेस जाली सहितको तारवारले वनजंगल र वन्यजन्तुको संरक्षण र पशु तथा कृषिजन्य अन्नपातको सुरक्षा हुने समितिका अध्यक्ष कृष्ण बहादुर चौधरीले बताए ।

  • No tags available
प्रकाशित मिति : २०७५ वैशाख २८ गते शुक्रबार