दाङ,२८ बैशाख/ न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीले पत्रकारको पेशागत र भौतिक सुरक्षालाई पहिलो प्राथमिकता दिएर आफुलेहरुले काम गरिरहेको बताएका छन ।
न्युनतम पारिश्रमिक निर्धारण समितिको आयोजना तथा नेपाल पत्रकार महासघं दाङ शाखाको सयोजनमा शुक्रवार घोराहीमा भएको श्रमजिवी पत्रकार ऐन कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया कार्यक्रमलाइ सम्बोधन गर्दे पराजुलीले यस्तो बताएका हुन ।
श्रमजिवी पत्रकार ऐन कार्यान्वयका लागी हामी निरन्तर लागेका छौ, उनले भने । उनले पत्रकारले पाउनुपर्ने सेवा सुविधा नपाउने विषय दुखद् भएकाले यसमा सञ्चारसम्बन्धी सस्थासगँ सहकार्य गर्न आवश्यक रहेको बताए ।
उनले भने – पत्रकारले तोकिएको पारिश्रमिक नपाउने र नियुक्तिपत्र नपाई काम गर्नुपर्ने विडम्बनापुर्ण अवस्था हो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पराजुलीले श्रमजिवी पत्रकार तथा सञ्चारकर्मीको भौतिक र पेशागत सुरक्षाका लागी सरकार प्रतिबद्ध भएकाले कानुनले तोकिए बमोजिम पत्रकारको सुविधा उपलब्ध हुनुपर्ने उल्लेख गरे ।
यस्तै कार्यक्रमलाइ सम्बोधन नेपाल पत्रकार महासघंका केन्द्रिय उपाध्यक्ष विपुल पोख्रेलले लोकतन्त्र स्थापना पछि श्रमजिवी पत्रकार ऐन कार्यान्वयनले गति प्रदान गरेको बताए ।
उनले पारिश्रमिक नपाए पत्रकारले आफ्ना गुनासा पत्रकार महासघंसम्म ल्याउने परिपार्टिको भएको भन्दै त्यसलाइ पनि उपलब्धीका रुपमा लिनुपर्ने बताए ।
सो अवसरमा बोल्ने बक्ताले श्रमजिवी पत्रकार ऐन कार्यान्वयनको अवस्था दयनिय भएको बताएका थिए । लामो समयसम्म पनि मिडियामा काम गर्दा नियुक्तीपत्र विना नै काम गर्नुपर्ने पत्रकारसगं बाध्यता रहेको बताउदै उनीहरुले त्यसको तत्काल अन्त्य हुनुपर्ने माग समेत गरेका थिए ।
नेपाल पत्रकार महासघं दाङका अध्यक्ष सविन प्रियासनको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल प्रेस युनियनका बरिष्ठ उपाध्यक्ष दिपक आचार्य, सामुदायीक रेडियो प्रसारक सघंका प्रदेश ५ संयोजक केपी घिमिरे,राप्ति पोष्ट राष्ट्रिय दैनिकका सम्पादक सरद अधिकारी लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।
नेपाल पत्रकार महासघं दाङ शाखाकी उपाध्यक्ष लिला शाहको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिव भुपेन्द्र वलीले गरेका थिए ।