रावन बिश्वकर्मा : बर्दिया,२६ वैशाख/ सामाजिक कुप्रथा, सामाजिक विकृति विरुद्ध सप्तरंगी मञ्च बर्दियाले अहम भूमिका निर्भाह गरेको छ ।
समाजमा जडा गडिएर रहेका सामाजिक कुप्रथाहरु वालविवाह, छुवाछुत, विभिन्न खाले हिंसा, वेचविखन जस्ता सामाजिक विकृति, विसंगति विरुद्ध कलाको माध्यम वाट विभिन्न खाले सडक नाटक र साँस्कृतिक कार्यक्रम गरेर जनचेतना जगाइरहेको छ ।
मञ्चले बर्दियामा मात्रै नभएर बाँकेका विभिन्न नगरपालिका तथा गाँउपालिकाहरुको सहकार्यमा पनि विभिन्न ठाँउहरुमा जनचेतना मुलक सड्क नाटक तथा साँस्कृतिक कार्यक्रमहरु देखाएर आफ्नो पहिचान वनाएको छ ।
बर्दियाका सवै स्थानीय तहका विभिन्न वडा तथा गाँउगाँउमा,ं घरेलु हिंसा, मानव वेचविखन, जातिय विभेद, महिला हिंसा, घरेलु हिंसा, वालविवाह, कमलरी प्रथा, वालश्रम न्युनिकरण, लागु पदार्थ दुव्र्यसनी लगायत दुव्र्यसनी न्युनिकरण सम्बन्धी कला र अभिनय मार्फत वर्दियाका नागरिकहरुलाई चेनता जगाउने काम गरेको सप्तरंगी मञ्च बर्दियाका अध्यक्ष विष्णु थापाले बताए ।
कला संस्कृतिलाई जगेर्ना गर्दै समाज परिवर्तन सहित समृद्ध समाज र स्वाभिमान नागरिक कल्पना सहित मञ्चले परिवर्तनका हातहरु सधै अगाढी बढाइरहने थापाले वताए । मञ्चले वर्षौ देखि बर्दिया र बाँकेका हजारौ नागरिकहरुलाई सुसुचित बनाउँदै करिव ३ हजार बढी स्थानहरुमा कार्यक्रम देखाएको थापाको भनाइ छ ।
विशेष प्रविधि सहित आफै नाटक लेखन तथा परिकल्पना गरी मञ्चमा आबद्ध कलाकारहरुले अभिनय गरी नाटक प्रदर्शन गर्दै आएको छ । मञ्चका अध्यक्ष विष्णु थापाको लेखन तथा निर्देशनमा विष्णु थापा, नरेन्द्र श्रेष्ठ, सम्भु मिलन, वर्मा जिसि, कविता सुनार, दिपा खड्का लगायतका उत्कृष्ट कलाकारहरुको
अभिनयमा नाटक देखाइने गरिन्छ ।
मञ्चले अहिले वढैयाताल गाँउपालिकाको सहकार्यमा विभिन्न स्थानमा दुव्र्यसनी विरुद्ध सड्क नाटक र केहि दिनमा वाँसगढी नगरपालिकाको सहकार्यमा वाँसगढीका ९ ओटै वडाका विभिन्न स्थानहरुमा वालविभाह र वालश्रम न्युनिकरण सम्वन्धी सड्क नाटक देखाउने जनाएको छ ।