1 December 2023  |   शुक्रबार, मंसिर १५, २०८०

ठकुरी पत्रकार समाजको स्थापना दिवसमा विभिन्न व्यक्तित्वलाई सम्मान

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, बैशाख २५, २०७५  

कोहलपुर,२५ वैशाख/   ठकुरी पत्रकार समाज नेपालको दोस्रो स्थापना दिवस सोमबार विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

नेपालगन्ज संघिय ईकाइ प्रहरी कार्यालयका एसएसपी महेश विक्रम शाहको प्रमुख आतिथ्यतामा नेपालगन्जमा भएको कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा सामाजिक अगुवा श्रीजंग शाह, चिकित्सा क्षेत्रबाट डा. कुमारसेन शाह, निजामती क्षेत्रबाट महिला तथा बालबालिका कार्यालय बाँकेका प्रमुख शोभा शाह, सञ्चार क्षेत्रबाट बागेश्वरी एफ.एमका सञ्चालक राजिव विक्रम शाह, सामाजिक क्षेत्रबाट भ्रष्टाचारविरुद्धको अभियन्ता नमस्कार शाहलाई सम्मान गरिएको हो ।

उनीहरुलाई नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शमशेर राणा, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुरसिंह थारु,  एसएसपी महेश विक्रम शाह लगायतले सम्मान गरेका थिए ।

ठकुरी पत्रकार समाजका अध्यक्ष करुणा शाहको अध्यक्षतामा भएको कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा.धवल शमशेर राणाले ठकुरी पत्रकार समाजले गर्दै आएको रचनात्मक क्रियाकलापको स्रहाना गरेका थिए ।

भ्रष्टाचार विरुद्धको अभियानकर्ता बासका निर्देशक शाहले ठकुरी पत्रकार समाज सामाजिक र पेशागतरुपमा अब्बल हुने विश्वास व्यक्त गरेका थिए । कार्यक्रम ठकुरी पत्रकार समाज बाँकेका सचिव विजय मल्लले सञ्चालन गरेका थिए ।

प्रकाशित मितिः मङ्लबार, बैशाख २५, २०७५     8:14:22 PM  |