चाचाजी’ को नागरिक अभिनन्दनलाई भव्य बनाउन पत्रकारका संघ, संगठनको सुझाव



मिसन समाचारदाता कोहलपुर, २२ वैशाख /प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्त ‘चाचाजी’को नेपालगन्जमा गर्न लागिएको नागरिक अभिनन्दनलाई भव्य बनाउनुपर्ने पत्रकारका विभिन्न संघ,संगठनले सुझाव दिएका छन् । आगामी जेठ १८ गते चाचाजीको नागरिक अभिनन्दन नेपालगन्जमा भब्य रुपले गरिदै छ । उक्त कार्यक्रमको संयोजन गरिरहेको नेपाल प्रेस युनियन बाँकेले शुक्रबार नेपालगन्जमा गरेको छुट्टा–छुट्टै छलफलमा नेपाल पत्रकार महासंघ बाँके प्रेस चौतारी र प्रेस सेन्टर बाँकेका अध्यक्ष तथा पदाधिकारीले कार्यक्रमलाई सफल पार्न सबै संगठन पुर्ण रुपले परिचालित हुनुपर्ने बताए ।

पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुरसिंह थारुले ‘चाचाजी’ को नागरिक अभिनन्दनका लागि महासंघले पुर्ण रुपले सहकार्य गर्ने प्रतिवद्धता जनाउँदै पाएको जिम्मेवारी पुरा गर्न तयार रहेको बताए । ‘चाचाजी जस्तो व्यक्तित्वको नागरिक अभिनन्दन गर्न पाएकोमा हामी भाग्यमानी छौं, म यो कार्यक्रमप्रति एकदमै उत्साहित छु, अभिनन्दनलाई भव्यता दिन महासंघका सम्पुर्ण सदस्यलाई हामी सहभागि गराउन आवश्यक छ थारुले भने ।
नागरिक अभिनन्दनका लागि युनियनले संयोजन गरेकोमा आभार प्रकट गर्दै उनले सबै आस्था र विचारका पत्रकारले यसलाई सफल बनाउनुपर्ने बताए । उक्त कार्यक्रमका लागि सहकार्य स्वरुप महासंघले तत्कालका लागि १० हजार रूपैयाँ सहयोग गर्ने घोषणा गरे । सो क्रममा पत्रकार महासंघका सचिव तिलक गाउँले र सहसचिव सकिल अहमद कादरीले पनि आवश्यक सल्लाह, सुझाव दिए ।

यस्तै प्रेस चौतारीका केन्द्रिय सदस्य भेषराज बस्नेतले पन्नालाल चाचाजीले नागरिकको स्वतन्त्रताको लागि पत्रकारिता गरेको उल्लेख गर्दै उहाँकोनागरिक अभिनन्दन गर्नु सम्पुर्ण नेपालगन्जबासीको दायित्व भएको बताए ।‘नागरिक अभिनन्दनलाई पेशागत र नागरिक स्तरका संघ, संगठन,नेपालगन्जस बासीले पनि अपनत्व लिनुपर्ने धारणा राख्नुभयो ।प्रेस चौतारी बाँकेका अध्यक्ष हेमन्त बिकले नागरिक अभिनन्दन सफल पार्न जस्तो सुकै जिम्मेवारी पुरा गर्ने प्रतिबद्धता जनाए ।
‘कार्यक्रमको संयोजन प्रेस युनियनले गरेपनि प्रेस चौतारीले पाएको जिम्मेवारी पुर्ण रुपले पुरा गर्न हामी तयार छौं, कहाँ जानुप¥यो र के सहयोग गर्नु¥यो, हामीलाई भन्नु होला ।’ प्रेस चौतारी बाँकेका सचिव कमल डाँगीले चाचाजीको नागरिक अभिनन्दनलाई भब्यता दिन चौतारीले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाए ।‘चाचाजीको नागरिक अभिनन्दनले पत्रकारका संघ संगठनलाई एउटै शुत्रमा बाँध्ने काम गरेको छ, यो एकदमै खुसीको कुरा
हो,’ उनले भने । प्रेस सेन्टर बाँकेका अध्यक्ष डक्टप्रसाद धितालले नागरिक अभिनन्दनलाई सफल पार्न आफुहरुले जस्तोसुकै सहयोग र सहकार्य गर्न तयार रहेको बताए ।

उक्त कार्यक्रमलाई सफल पार्न प्रेस सेन्टरले आफ्ना सदस्यहरुलाई परिचालनगर्ने प्रतिवद्धता जनए । ‘चाचाजीको नागरिक अभिनन्दनका लागि प्रेस सेन्टरले भौतिक, आर्थिक र नैतिक रुपमा जस्तो सुकै सहयोग गर्न तयार छ,्हामी सबैले उहाँको कार्यक्रमलाई साझा रुपले सफल पारौं,’ उनले भने ।
सो क्रममा प्रेस सेन्टर बाँकेका उपाध्यक्षद्धय आलम खान र कृष्ण ओली तथा सदस्य गजेन्द्र गुरुङले नागरिक अभिनन्दनलाई ऐतिहासिक बनाउनुपर्ने सुझावदिए । ‘नागरिक अभिनन्दन कार्यक्रममा सबै पक्षको बढीभन्दा बढी सहभागिता गराउनुपर्छ, त्यसको लागि सबै पत्रकारले सक्रियता देखाउनुप¥यो ।’प्रेस युनियन बाँकेका अध्यक्ष जयनारायण शाहको अध्यक्षतामा सम्पन्न छुट्टा–छुट्टै छलफलमा पत्रकार महासंघका पुर्वकेन्द्रिय उपाध्यक्ष हेमन्त कर्माचार्यले नागरिक अभिनन्दनलाई सबैको साझा कार्यक्रमका रुपमा लैजानुपर्ने बताए ।

‘चाचाजीलाई सबै क्षेत्रबाट अभिनन्दन गरिनुपर्छ,यसका लागि सबै पेशागत तथा नागरिक संघ, संगठनलाई यो कार्यक्रममा जोड्नुपर्छ, ताकी कार्यक्रमको गरिमा अझ बढोस,’ उनले भने ।पत्रकार महासंघ बाँकेका पुर्वअध्यक्ष निरज गौतमले चाचाजीको योगदान पत्रकारितामा मात्र सिमित नभएर प्रजातन्त्र प्राप्ति र समाज सेवामा पनि उत्तिकै योगदान रहेको बताए ।
‘कतिपयले चाचाजीलाई पत्रकारको रुपमा मात्रै चिनेका होलान्, तर उनको योगदान पञ्चायतविरुद्धको आन्दोलन र समाजसेवामा पनि उतिकै छ, यो कुरा सबैलाई बुझाउन जरुरी छ,’ गौतमले भने ।

पत्रकार महासंघ बाँकेका पुर्वअध्यक्ष शुक्रऋषि चौलागाईले चाचाजी सबैको साझा ब्यक्तित्व भएकाले सबै पक्षले अपनत्व लिनुपर्ने बताए । ‘बाँकेमा सफल हुने चाचाजीको नागरिक अभिनन्दनले बाहिरी जिल्लामा पनि त्यसको सकारात्मक सन्देश जानेछ,उनले भने ।प्रेस युनियन बाँकेका अध्यक्ष शाहले चाचाजी युनियनको संस्थापक अध्यक्ष भएको नाताले युनियनले नागरिक अभिनन्दनको संयोजन गरेपनि पत्रकारको छाता संगठन लगायत सबै पेशागत संगठनसँग सहकार्य गरिएको बताउनुभयो ।

नागरिक अभिनन्दनलाई भब्यता दिन नेपालगन्जका विभिन्न पेशागत र नागरिक संघ,संगठनसँग पनि चरणवद्ध छलफल गरिने अध्यक्ष शाहले जानकारी बताए ।
नेपालगन्ज त्रिभुवन चोक पुर्वलाईन निवासी ८९ बर्षिय प्रेस स्वतन्त्रतासेनानी गुप्ता युनियन बाँकेको संस्थापक अध्यक्ष हुन ।

उनी किरण साप्ताहिक पत्रिकाको सम्पादक÷प्रकाशक का रुपमा काम गर्दै आएका छन । गुप्ताले निरन्तर रुपमा अखबार प्रकाशन मात्र होईन, रिर्पो्टिङमा समेत आफै खटिएर युवा पुस्तालाई समेत उर्जा दिइरहेका छन ।

  • No tags available
प्रकाशित मिति : २०७५ वैशाख २२ गते शनिबार