3 December 2023  |   आइतवार, मंसिर १७, २०८०

वैशाख २२ गते विप्लवद्वारा नेपाल बन्दकाे घोषणा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, बैशाख २०, २०७५  

कोहलपुर,२० वैशाख/   वैशाख २२ गते विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नेपाल बन्दको आह्वान गरेका छन् । विज्ञप्ति जारी गर्दै बन्दको आह्वान गरिएका हुन् ।

नेपाल कम्युनिष्ट पार्टीले वर्तमान सरकार र बामगठवन्धनले जनताको संघर्षबाट प्राप्त उपलब्धिहरु खोसेको, भ्रष्टाचारीलाई संरक्षण गरेको, देशको सिमा मिचिदा पनि चुप बसेको लगायतका आरोप लगाउँदै नेपाल बन्दको आह्वान गरेको जनाएको छ ।

पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ,“विचार राख्ने सभाजुलसु गर्ने अधिकारमाथि पनि प्रतिबन्ध लगाउँदै गएको छ भने भष्ट्राचारी, कालोबजारी र राष्ट्रघातीहरुलाई संरक्षण गरिरहेको छ” । बन्द कार्यक्रमलाई सफल बनाइदिन पार्टीले सबैलाई आग्रह गरेको छ ।

प्रकाशित मितिः बिहिबार, बैशाख २०, २०७५     8:00:37 PM  |