‘रेबिजका कारण विश्वमा वर्षेनि ५९ हजार व्यक्तिको मृत्यु’



काठमाडौं,२० वैशाख/  विश्व स्वास्थ्य संगठनले कुकुरको टोकाइबाट सर्ने रेबिजको संक्रमण रोक्न सबै देशहरुलाई आग्रह गरेको छ ।

विश्व स्वास्थ्य संगठनको नेपाल कार्यालयले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी वर्षेनि विश्वमा ५९ हजार मानिसको रेबिजका कारण मृत्यु हुने गरेको जानकारी दिएको हो ।

रेबिजका कारण प्रत्येक ९ मिनेटमा एकजनाको ज्यान जाने गरेको र त्यसमा पनि बालबालिका तथा विपन्नको संख्या अधिक रहेको ‘डब्ल्युएचओ’ले जनाएको छ ।

रेबिजका कारण दक्षिण एसियाली देशमामात्रै वर्षेनि २६ हजारको ज्यान जाने गरेको जनाइएको छ ।

७० प्रतिशत कुकुरलाईमात्रै रेबिजको सुइ लगाउने हो भने पनि रेबिजरोगको संक्रमण कम गराउनसकिने सो संगठनले जनाएको छ ।

सो अवसरमा सन् २०३० सम्ममा रेबिज रोग नियन्त्रण गर्ने योजनासमेत सार्वजनिक गरिएको थियो ।-imagekhabar

  • No tags available
प्रकाशित मिति : २०७५ वैशाख २० गते बिहीबार