सुरक्षित गर्भपतनबारे जनचेतनामूलक सडक नाटक



कोहलपुर,१५ वैशाख/  बाँकेको कोहलपुर नगरपालिका—७ लखनावारमा परिवार नियोजन तथा सुरक्षित गर्भपतनसम्बन्धी जनचेतनामूलक सडक नाटक शुक्रबार प्रदर्शन गरिएको छ ।

गेरुवा ग्रामिण जागरण संघको बाँकेको आयोजनामा देखाइएको जनचेतनामुलक सडक नाटकमा समाज सेवा संस्था नेपालका कलाकारहरुले नाटकमार्फत परिवार नियोजनको अस्थाई साधनको प्रयोग तथा सुरक्षित गर्भपतनबारे सन्देश दिएका थिए ।

गाउँघरमा कतिपय महिलाहरुलाई सुरिक्षत गर्भपतनबारे जानकारी नहुने हुदाँँ सो कुराको जानकारी दिने उद्देश्यले सडक नाटक प्रर्दशन गरिएको गेरुवा ग्रामिण जागरण संघ बाँकेकी कार्यक्रम संयोजक अञ्जु गुरुङले बताइन् ।

कार्यक्रमा समाजसेवा संस्थका केन्द्रीय अध्यक्ष विनोद थापा, नारायणी विसी, धनी पुनमगर, शर्मिला घर्ती, जुना चौधरी लगायतका कलाकारहरुले दर्शकहरुलाई मनोरञ्जनात्मक तरिकाले अस्थाई साधनको प्रयोग तथा सुरक्षित गर्भपतनबारे जानकारी प्रदान गरेका थिए ।

सडक नाटकमा कोहलपुर नगरपालिका वडा नं.१४ वडा सदस्य मन बहादुर गरुङ, समशेरगंज स्वास्थ्य चौकीकी निमित्त प्रमुख राधिका गैरे, गेरुवा ग्रामिण जागरण संघकी सामाजिक स्वय्सेविका भिमा के.सी., संञ्चारकर्मी लगायत दुई सय जनाको सहभागिता रहेको थियो ।

नाटकको समाज सेवा संस्थाका केन्द्रीय सदस्य गोकर्ण तिमिल्सनाले सहजीकरण गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७५ वैशाख १५ गते शनिबार