कोहलपुर,१५ वैशाख/ वेलडन एडभ्टाईजिङ्गको तेस्रो शाखा कार्यालय शुक्रबारदेखि कोहलपुरमा सञ्चालनमा आएको छ । शाखाको कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले रिबन काटेर उद्घाटन गरेका थिए ।
मुख्य कार्यालय काठमाडौं रहेको वेलडनको इटहरीमा दोस्रोे शाखा रहेको र कोहलपुरमा तेस्रो शाखा स्थापना गरिएको वेलडन एडभ्टाईजिङ्गका प्रबन्ध निर्देशक देवेन्द्र जंग कार्कीले बताए ।
उच्च स्तरको छपाई तथा वि.टी.संग सम्बन्धित सम्पूर्ण कामहरुको लागि काठमाडौं र लखनउ जानुपर्ने बाध्यतालाई मध्यनजर गर्दै कोहलपुरमा शाखाको स्थापना गरिएको कार्कीले बताए ।
संस्थाकी माकेटिङ म्यानेजर सुप्रिया बस्नेतले कोहलपुरमा पहिलो पटक आधुनिक मेसिन भित्रिएको र छपाई तथा सम्पुर्ण कामहरु गुणस्तरियता गरिने बताइन् ।
अहिले २ वटा मेसिन ल्याइएको र थप अर्को मेसिन ल्याउने तयारी भएको बस्नेतले जानकारी दिइन् ।
वेलडनबाट विज्ञापन सेवा सम्बन्धि काम समेत गर्न सकिने बताएइको छ । उद्घाटन कार्यक्रमा ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरिक्षक नवराज पोखरेल विभिन्न संस्थाका प्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो ।