रावन बिश्वकर्मा : बर्दिया,१४ वैशाख/ ईलाका प्रहरी कार्यालय बाँसगढीको कार्यालय परिसर भित्र कालिका भगवतीको मन्दिर निर्माण गरिदै छ ।
ईलाका प्रहरी कार्यालय मोतिपुर बाँसगढीको सक्रियतामा करिब २ लाख लागतमा मन्दिर निर्माण गरिन लागेको हो । मन्दिरको बिहिबार ईलाका प्रहरी कार्यालय बाँसगढीका प्रहरी प्रमुख प्रहरी निरिक्षक चक्र बहादुर डम्बर पालले विधिवत् रुपमा शिलान्यास गरेका छन ।
प्रहरी कार्यालयमा कार्यरत ४३ जना प्रहरी कर्मचारीबाट ७० हजार ९ सय ३ र बाँकी स्थानिय व्यापारी, समाजसेवी, कर्मचारी लगायतको सहयोगबाट मन्दिरको निर्माण गर्न लागिएको छ ।
बैशाख महिना भित्रै सक्ने गरी निर्माण काम थालिएको मन्दिरको ७ फिट लम्बाई ६ फिट चौडाई र ९ फिट सम्म उचाई हुने प्रहरी निरिक्षक डम्बर पालले बताए । बिभिन्न चाडपर्वहरुमा पुजा आर्चना गर्नको लागि मन्दिर निर्माण गर्न लागेको हो ।
मन्दिरको शिलान्यास कार्यक्रममा बाँसगढी उद्योग वाणिज्य सँघका अध्यक्ष रामसिंह थारु, वाणिज्य सँघका पुर्व उद्योग उपाध्यक्ष तथा वरिष्ठ सञ्चारकर्मी शंकर शर्मा, बाँसगढी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष नरेन्द्र गिरी, नगर स्तरिय युवा सञ्जालका अध्यक्ष एक नारायण अधिकारी लगायतको सहभागिता रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्