औषधिको अभिलेख पुस्तिका विमोचन



कोहलपुर,१३ वैशाख/   नेपाल औषधि व्यवसायी संघ भेरी अञ्चल शाखाले लागु तथा मनोदीपक औषधिको अभिलेख पुस्तिका विमोचन गरेको छ ।

बुधबार कोहलपुरमा एक कार्यक्रम गर्दै सो पुस्तिकाको नेपाल औषधि व्यवसायी संघ भेरी अञ्चल शाखा अध्यक्ष अभय बस्नेत, शाखाका खुद्रा उपाध्यक्ष पवन बानियाँ र कोहलपुर–११ का वडाध्यक्ष कर्णबहादुर थापाले संयुक्तरूपमा विमोचन गरेका हुन् ।

चिकित्सकको सिफारिसका आधारमा मात्र बिक्री गर्न मिल्ने लागु तथा मनोदीपक औषधिहरुको व्यवस्थित अभिलेख राख्नका लागि पुस्तिका बनाइएको नेपाल औषधि व्यवसायी संघ भेरी अञ्चल शाखाका प्रवक्ता जीवन शर्माले बताए ।

पुस्तिकामा लागु तथा मनोदीपक औषधिको नाम, खरिद गर्ने व्यक्तिको नाम, सिफारिस गर्ने चिकित्सकको नाम, औषधिको परिमाणलगायतका विवरण भर्न सकिन्छ ।

  • No tags available
प्रकाशित मिति : २०७५ वैशाख १३ गते बिहीबार