अटोरिक्सा रिक्सासहित चालकहरु ट्राफिकमा



कोहलपुर,१२ वैशाख/   मध्यपश्चिम जनसेवा यातयात प्रालिमा आवद्ध अटोक्सिा तथा ई—रिक्साका चालकहरु आफूरुलाई ट्राफिक प्रहरीले दुःख दिएको भन्दै मंगलबार मध्यपश्चिम क्षेत्रीय ट्राफिक कार्यालयका कोहलपुरमा अटोक्सिा सहित पुगेका छन् ।

बिहान अटोक्सिा चलाउँदै गर्दा पार्किङ्ग निशेषधित क्षेत्रमा अटोक्सिा पार्किङ्ग गरेको भन्दै ट्राफिक प्रहरीले केही अटोरिक्सालाई नियन्त्रणमा लिएपछि आफूहरुका निम्ति सही नीति नियम नभएको र ट्राफिक प्रहरी जुनसुकै समयमा पनि असभ्य व्यवहार गर्न थालेपछि ट्राफिक कार्यालय पुग्नु परेको अटोरिक्सा चालकहरुले बताएका छन् ।

यसैबिच पटक पटक सो समस्या दोहोरिएको भन्दै मध्यपश्चिम जनसेवा यातयात प्रालि, चालक र ट्राफिक प्रहरीबीच छलफल समेत भएको छ । छलफल कार्यक्रममा बोल्दै मध्यपश्चिम जनसेवा यातयात प्रालिका अध्यक्ष विश्वराज खनालले राज्य र स्थानीय सरकारले अटोरिक्सा सञ्चालनका लागि प्रभावकारी कानून नबनाएका कारण व्यवसायीले पटक पटक दुख पाइरहेको बताए ।

‘हाम्रा व्यवसायीहरु नाफा मुखी भन्दा सेवा मुखी भएर लाग्नु भएको छ । तर स्थानीय सरकार र सरोकारवाला निकायले कहिले बुझ्ने ?’ उनले भने । साथै व्यवसायीहरुलाई ट्राफिक प्रहरीले अपशब्द बोल्नु असभ्य व्यवहार गर्नु दुःखको कुरा भएको बताए ।

मध्यपश्चिम क्षेत्रीय ट्राफिक कार्यालयका कोहलपुरका प्रमुख राजेन्द्र सिंह खड्काले कोहलपुर चौराहलाई पार्किङ्ग निशेषधित क्षेत्र भएकोले साना तथा ठुला सवारी साधनहरु सो क्षेत्रमा पार्किङ्क नगर्न अनुरोध गरे । साथै कोहलपुर नगरपालिकासंग समन्वय गरेर पार्किङ्कको व्यस्थापन गर्ने बताए ।

साथै कुनै पनि अटोरिक्सा चालकलाई नराम्रो व्यवहार नगरेको र कुनै ट्राफिकले गरेको भए कारवाही गरिने बताए । अटोरिक्सा चालकले पनि आवश्यक कागजात बोकेर अटोरिक्सा चलाएमा कुनै दुर्घटना भए सजिलो हुने बताए । मध्यपश्चिम जनसेवा यातायात प्रालिमा करिब ७ सय ई—रिक्सा र अटोरिक्सा दर्ता भएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७५ वैशाख १२ गते बुधबार