3 December 2023  |   आइतवार, मंसिर १७, २०८०

भयरहित विद्यालय बनाउन शिक्षकलाई प्रशिक्षण

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, बैशाख १२, २०७५  

नेपालगन्ज,१२ वैशाख/  भर्ना अभियानसँगै बीचमा विद्यालय छाड्ने संख्यालाई कम गर्न भयरहित विद्यालय बनाउन शिक्षकहरुलाई प्रशिक्षित गराइँदैछ ।

बाँकेको जानकी गाउँपालिका र बैजनाथ गाउँपालिकाकामा रहेका विद्यालयहरु भयरहित विद्यालय बनाउनु शिक्षकहरुलाई प्रशिक्षित गराउन थालिएको हो ।

विद्यालयमा सकारात्मक अनुशासन पद्धतिको विकास गर्नका लागि सञ्चालित लंैङ्गिक संवेदनशील बाल संरक्षण प्रणालीको बृहत विकास परियोजना अन्तर्गत एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई प्रशिक्षित गराउन थालिएको हो ।

दुई वटै गाउँपालिकामा प्लान इन्टरनेशनलको सहयोगमा सामाजिक सचेतन सरोकार मञ्च (स्याक) नेपालको आयोजनामा विद्यालयमा बालबालिकाहरुलाई टिकाइ राख्ने परियोजना सञ्चालन गरिएको छ ।

तीन दिने तालिममा प्रशिक्षण गरिने विषयबस्तु लागू भएमा विद्यालयको शिक्षण सिकाइमा सहयोग पुग्ने खजुरा गाउँपालिकाका श्रोत व्यक्ति टंक दाहालले बताए । प्रशिक्षक समेत रहेका उनले साथै बीचमै विद्यालय छाड्ने विद्यार्थीहरुको संख्यामा कमी आउने र विद्यालयमा आउने समस्या, बाधाहरु हट्दै जाने बताए ।

तालिममा बाल अधिकार, बालमैत्री वातावरण, सकारात्मक अनुशासन तथा पुर्व बाल विकास, भेदभाव न्यूनीकरण, सामाजिक विकासमा योगदान पु¥याउने पक्ष, असल व्यवहार निर्माण विषयमा प्रशिक्षण गरिने छ ।

प्रकाशित मितिः बुधबार, बैशाख १२, २०७५     7:27:10 AM  |