जनसेवाले सर्पदंशका बिरामीलाई निःशुल्क अस्पतालसम्म पु¥याउने



कविन्द्र परियार : कोहलपुर,११ वैशाख/   मध्यपश्चिम जनसेवा यातायात प्रालिले सर्पदंशका बिरामीहरुलाई निःशुल्क रुपमा भेरी अञ्चल पु¥याउने भएको छ । सर्पदंशका कारण कसैले पनि अकालमा ज्यान गुमाउन नपरोस भनेर प्रालिले सो सेवा सुरु गरेको मध्यपश्चिम जनसेवा यातायात प्रालिका अध्यक्ष विश्वराज खनालले बताए ।

‘हामीले बाँकेका राप्तीसोनारी गाउँपालिका, कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाका कुनैपनि व्यक्तिलाई सर्पले डसेको अवस्थामा तुरुन्त निशुल्क रुपमा भेरी अञ्चल अस्पताल सम्म पु¥याउने व्यवस्था मिलाएका छौै’ ।

बैशाख १ गतेदेखि लागू हुनेगरी दुईवटा गाउँपालिका र एक वटा नगरपालिकालाई समेत पत्राचार गरिसकेको खनालले बताए । ‘मानवीय सेवामा समेत हामीले काम गर्नपर्छ भन्ने मनसायका साथ यो अभियान सुरु गरेका हौं’ खनालले थपे ।

प्रालिले तोकिएका स्थानहरुका नागरिकहरुलाई सर्पले डसेमा आफ्नो नजिकको जुनसुकै अटोरिक्सालाई खबर गरेर भेरी अञ्चल अस्पतालसम्म पुग्ने सो यातायात वापतको लाग्ने रकम अटोरिक्सा मालिकलाई प्रालिले दिने बताइएको छ ।

प्रत्येक वर्ष निःशुल्क स्वास्थ्य शिविर समेत सञ्चालन गर्दै आएको प्रालिले सर्पदशंका कारण कसैले पनि ज्यान गुमाउनु नपरोस भनेर निःशुल्क रुपमा भेरी अञ्चाल अस्पतालसम्म पु¥याउन यो अभियान सुरु गरिएकोे जनाएको छ ।

बैजनाथ गाउँपालिका प्रमुख मान बहादुर रुचालले आपत विपतमा अस्पताल जान तुरुन्त पैसा नहुँदा मान्छेको ज्यानै समेत जान सक्ने समस्यालाई मध्यनजर गरेर सुरु गरेको जनसेवा प्रालीको यो अभियान निकै सराहनिय भएको बताए ।

विशेष गरी यो विपन्न वर्गका समुदायका लागि निकै राम्रो हुने उनको भनाइथियो । कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले प्रालीको यो अभियान निकै राम्रो र सराहनिय भएको बताए ।

‘उहाँहरुले हामीलाई काम गर्छौ भनेर पत्राचार समेत गर्नु भएको छ, पहिले काम गरेर देखाउनु भो भने हामी पनि हाम्रो तर्फबाट आवश्यक सहयोग गर्न तयार छौं’ उनले भने ।

राप्तीसोनारी गाउँपालिका वडा नं ९ का वडा अध्यक्ष महाविर वलीले एम्बुलेन्स जान नसक्ने बाटोमा अटोरिक्सा सजिलै गएर विरामी बोक्ने काम गरिरेको हुँनले निःशुल्क रुपमा भेरी अञ्चाल अस्पतालसम्म सर्पदशंका बिरामीहरुलाई पु¥याउने प्रालीको अभियान निकै सेवामुलक भएको बताए ।

  • No tags available
प्रकाशित मिति : २०७५ वैशाख ११ गते मंगलबार