
नेपालगन्जको सुर्खेतरोडस्थित धम्बोझीचौकमा नेपालगन्ज–८ का २९ वर्षिय चेतन मानन्धर माथि २०७२ साल असार २८ गते खुँडा प्रहारी गरी हत्या भएको थियो ।
सो घटनामा संलग्न भएका भनिएका सो क्षेत्रका चर्चीत गुण्डा नाइके रिगल भनिने योग ढकालले दुई वर्ष अघि नै आत्मसमर्पण गरिसकेका छन् ।
जिल्ला अदालत बाँकेका न्यायधीश बिष्णु सुवेदीलको इजलासमा वहस सुरु भएको हो ।
आईतबार जिल्ला न्यायधीबक्ता टेकबहादुर थापाले बहस गरेका छन् । रिगलको पक्षबाट धेरै कानुन ब्यवसायी वहसमा सहभागी भएका छन् ।
जसका कारण वहसमा धेरै दिन लाग्ने बताइएको छ । न्यायधीश सुवेदीले सो घटनालाई गम्भीरताका साथ लिएर छिटै छिनोफानो गर्ने हिसवाले वहस जारी राखेका छन् ।
दुई वर्ष अघि नै आत्मसमर्पण गरेका रिगल सोही हत्याको घटनापछि कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि कारागारमा छन् । प्रहरीले गुण्डा नाइकेहरुलाई खोजी खोजी इन्काउन्टर गर्न थालेपछि रिगलले आत्मसमर्पण गरेका थिए ।
दिउँसै सडकमा युवकको हत्या गरिएपछि यो घटनालाई नेपालगन्जबासीले पनि निकै उत्सुकताका साथ हेरि रहेका छन् ।
हत्यामा संलग्नमध्ये रुकुम पेउघा–७ का २२ वर्षीय प्रशान्त गौतम, बाँके शम्शेगञ्ज–६ का २९ वर्षीय नवराज खत्री, सुर्खेत विनपा–६ का २२ वर्षीय विशाल बस्नेत, छिन्चु–२ का २५ वर्षीय मोहन खड्का, बाँके महादेवपुरी २ का २१ वर्षीय केशव रोकाय, नेपालगन्ज ५ का ३२ वर्षीय प्रितम थापा, नेपालगन्ज १६ का ३२ वर्षीय माधव परीयार, दाङ्ग हलवार ३ घर भई हाल नेपालगन्ज २४ कारकादौँ बस्ने २७ वर्षीय हरी वली नेपालगन्ज कारकादौँका २७ वर्षीय विवाद पाठक, प्यूठान सेउलीवाङ्ग घर भई हाल नेपालन्ज ५ बस्ने २५ वर्षीय यमबहादुर बुढामगर, नेपालगन्ज १८ का मनिश चौलागाईलाई त्यस समयमा पक्राउ गरेको थियो भने नेपालगन्ज २४ का सोहनसिंह ढकाल र नेपालगन्ज कारकादौँका दीपेन्द्र सिंह फरार थिए । हाल सबैजना पक्राउ परि कारागारमा छन् । लाईटनेपालबाट साभार









प्रतिक्रिया दिनुहोस्