कोहलपुर,१० वैशाख/ बाँकेको खजुरमा दुई दिने आधारभुत उद्धघोषण तथा नेतृत्व बिकास तालिम सञ्चालन भएको छ ।
तालिम सोही गाउँपालिका वडा नं.५ उढरापुरमा आइतबारदेखि सुरु भएको हो । खजुरा गाउँपालिका वडा नं. ५ को सहयोग तथा बास नेपालगन्जको आयोजनामा उक्त तालिम सुरु भएको हो ।
युवाहरुमा उद्धघोषण कला तथा नेतृत्व सिपको विकास गर्ने उद्धेश्यले सञ्चालन भएको तालिमको पहिलो दिन नेतृत्वको परिभाषा, नेतृत्वका प्रकार, नेतृत्वको आधारभुत तत्व, नेतामा हुनुपर्ने गुणहरु, लगाएतका विषयमा बासका केन्द्रीय अध्यक्ष मन भण्डारी र केन्द्रीय सदस्य ध्रुब जंग शाहले सहजीकरण गरेका थिए ।
वडाका जनप्रतिनिधि, विभिन्न युवा क्लबका पदाधिकारी गरी ३० जनाको सहभागिता रहेको उक्त तालिम दुई दिनसम्म चल्नेछ ।
प्रकाशित मिति : २०७५ वैशाख १० गते सोमबार








प्रतिक्रिया दिनुहोस्