नेपालगन्ज,९ बैशाख/ नाबालिका छोरी सहित बेचिएका दुई जना नेपाली चेलीहरुलाई भारतको नयाँ दिल्लीस्थित जिविरोडमा उद्धार गरिएको छ । उनीहरुलाई माईती नेपाल नेपालगन्जको अगुवाईमा जोखिमपुर्ण तरिकाले उद्धार गरिएको हो ।
बेश्यालयमा बेचिएका त ियुवती सहित एक नाबालिकालाई उद्धार गरी त्यहां रहेको संरक्षण केन्द्रमा राखिएको छ । माइती नेपालले भारतको क्राईम ब्राञ्च र रेस्क्यू फाउण्डेशनको सहकार्यमा भारतको राजधानी नयाँ दिल्लीस्थित जिवी रोडबाट १७ र १८ बर्षिय दुईजना युवतीको उद्धार गरेको हो ।
जसमध्ये १८ बर्षिया युवतीको साथमा एक बर्षिया छोरी समेत छन् । माइती नेपाल नेपालगञ्जका कार्यक्रम संयोजक केशब कोइरालाले उद्धार गरिएकालाई नयाँ दिल्लीस्थित नारी निकेतनको सेल्टरमा राखिएको बताए ।
जिवी रोडको ६४ नम्बर कोठीमा ७ जना नेपाली युवतीलाई जवरजस्ती यौन पेशामा लगाइएको सूचना प्राप्त भएको उद्धारका लागि माइती नेपालको टोली पुग्दा पहिले नै सूचना पाएर नेपाली युवतीलाई अन्यत्र स्थानान्तरण गरिसकिएको पाइएको उद्धार कार्यमा संलग्न कोइरालाले जानकारी दिए ।
माइती नेपालले उद्धार गरेका एक नाबालिकासहित ३ जना पुर्ववत सूचना प्राप्त भएका भन्दा फरक हुन् । उद्दारका समयमा माइती नेपालको टोलीमाथी दुव्र्यवहार समेत भएको थियो ।
माईती नेपालको टोलीले ब्यक्तिगत जोखिम मोलेर उद्धार गर्न सफल भएको हो ।








प्रतिक्रिया दिनुहोस्