नेपालगन्ज,९ बैशाख/ बाँके राष्ट्रिय निकुञ्जले गर्मीयाम सुरु भएसँगै आगलागीको जोखिम कमगर्न निकुञ्ज क्षेत्रको १ सय ४० किलोमिटर अग्नी रेखा निर्माण गरेको छ ।
निकुञ्ज क्षेत्रमा पर्ने महदेवा, कोहलपुर, चिसापानी, मुगुवा र खैरी खोला लगायतको क्षेत्रमा अग्नी रेखा निर्माण गरिएको बाँके निकुञ्जका सहयाक संरक्षक अधिकृत लालबहादुर भण्डारीले जानकारी दिए ।
उनले भने–‘ गर्मी यामसंगै चल्ने हावहुरीका कारण निकुञ्ज तथा राष्ट्रिय बनमा हुनसक्ने आगलागिको जोखिम कम गर्नको लागि अग्नी रेखा निर्माण गरिएको हो ।’
दाङको अमिलिया क्षेत्रको चुरे जंगलमा आगो फैलिएकाले बाँके निकुञ्जमा पनि आगलागी फैलिन सक्ने जोखिम बढेको छ ।
चुरे क्षेत्रमा बाक्लो मात्रामा बाबियो खर भएकाले आगो छिटो फैलिन सक्ने खतरा बढेको सहायक संरक्षक अधिकृत भण्डारीले बताए ।
निकुञ्जमा आगलागी हुन नदिन स्थानीयबासी, सुरक्षाकर्मी, वन कर्मचारी सबै एक भएर तयारी गरिएको भण्डारीले जानकारी दिए ।








प्रतिक्रिया दिनुहोस्