8 December 2023  |   शुक्रबार, मंसिर २२, २०८०

निःशुल्क आँखा शिविरमा २ सय बढि लाभाम्वित

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, बैशाख ८, २०७५  

नेपालगन्ज,८ बैशाख/  जेसिस सप्ताह मनाउने क्रममा शनिबार नेपालगन्ज कारागारमा रहेका कैदी, बन्दी र थुनुवालाई लक्षित गरेको निःशुल्क स्वास्थ्य शिविर सञ्चानल गरिएको छ ।

नेपालगन्ज जेसिसले स्थानीय फत्तेबाल आँखा अस्पतालको प्राविधिक सहयोगमा जेसिसले कारागारमा निःशुल्क आँखा शिविर आयोजना गरेको मुल समितिका संयोजक प्रज्वल श्रेष्ठले जानकारी दिए ।

सो शिविरमा महिला ४०, पुरुष १ सय ८६ जना गरेर २ सय २६ जना कैन्दी बन्दीको आँखा परिक्षण गरिएको मुल समितिका संयोजक श्रेष्ठले जानकारी दिए । उनीहरुमध्ये ८ जनाको आखा मोतिबिन्दुको समस्या देखिएको चिकित्सकले जनाएका छन् ।

वैशाख १ गतेदेखि सुरु भएको जेसिस सप्ताह अन्तरगत यसअघि मन्दिर परिसर सरसफाई, रक्तदान र ट्राफिक सचेतना जस्ता सामाजिक कार्यक्रमको आयोजना गरिएको थियो ।

प्रकाशित मितिः शनिबार, बैशाख ८, २०७५     8:05:05 PM  |