सडक नाटकले संरक्षण शिक्षा



कविन्द्र परियार : कोहलपुर,६ कोहलपर/  सम्वृद्धिका लागि संरक्षण भन्ने मूल नाराका साथका सुरु भएको २३ औं विश्व वन्यजन्तु सप्ताहको अवसरमा बुधबार बाँके राष्ट्रिय निकुञ्जको ढकेरी मध्यवर्ती क्षेत्रमा संरक्षणमूलक सडक नाटक प्रदर्शन गरिएको छ ।

समुदायमा आधारित चोरी शिकार नियन्त्रण युवा जागरण उप समिति ढकेरीको आयोजनामा तथा ढकेरी मध्यवर्ती क्षेत्रको सहयोगमा पर्दशन गरिएको सडक नाटक जनता मा.वि बुचापुर र प्रगतिशिल मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहमा गरी दुई ठाउँमा प्रदर्शन गरिएको थियो ।

समुदायमा आधारित चोरी शिकार नियन्त्रण युवा जागरण उप समिति सदस्यहरु तथा समाजसेवा संस्था हवलदापुरका कलाकारहरुले प्रदर्शन गरिएको सडक नाटकमा वन्यजन्त मारेको खण्डमा हुने सजायका बारेमा नाटक मार्फत् सन्देश प्रवाह गरेको समुदायमा आधारित चोरी शिकार नियन्त्रण युवा जागरण उपसमिति ढकेरीकी अध्यक्ष शान्ति चौधरीले जानकारी दिइन् ।

‘वन्यजन्तुको संरक्षणको क्षेत्रमा काम गर्दै आएका छौं २३ औं विश्व वन्यजन्तु सप्ताहको अवसरमा पारेर सबैलाई जनचेतना दिन सडक नाटकको आयोजना गरेका हाँै,’ उनले भनिन् ।

समाजसेवा संस्था नेपालका केन्द्रीय अध्यक्षको नेतृत्वमा प्रदर्शन गरिएको सडक नाटकमा ढकेरी मध्यवर्ती क्षेत्रका सदस्य भद्र बहादुर के.सी., ढकेरी पोष्टकी प्रमुख गेमस्काउट देउरुपा परियार, सामुदायिक वनका प्रतिनिधि सर्वसाधारण विद्यार्थीहरुको सहभागिता थियो ।

  • No tags available
प्रकाशित मिति : २०७५ वैशाख ६ गते बिहीबार