गुणस्तरीय शिक्षामा जोड : जिशिअ



कोहलपुर,६ बैशाख/    कोहलपुरमा सञ्चालित तक्षशिला एकेडमी परिसरमा निर्माण गरिएको पौडी पोखरीको बुधबार उद्घाटन गरिएको छ । पौडी पोखरीको बाँकेका जिल्ला शिक्षा अधिकारी भिम बहादुर साउदले उद्घाटन गरेका हुन् ।

पौडी पोखरी उद्घाटन गर्दै कार्यक्रममा बोल्दै जिशिअ साउदले विद्यार्थीहरुको सिकाइ दिगो र प्रभावकारी बनाउन तल्लो कक्षादेखि नै उनीहरुको सिकाइमा विशेष जोड दिनुपर्ने बताए ।

जिसिअ साउदले विद्यार्थीहरुको सिकाइ प्रक्रिया तल्लो कक्षामा दिगो र प्रभावकारी बनाउन सके माथिल्ला कक्षामा उनीहरुले स्वतः विश्लेषण गरेर लेख्न र पढ्न सक्ने बताए ।

साथै उनले विद्यार्थीलाई व्यवहारिक र गुणस्तरीय शिक्षा दिएर विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादनमा जोड दिनुपर्नेमा विद्यनलयलाई सुझाव दिए ।

यस्तै विद्यालयका शैक्षिक सल्लाकार खोपीराम ओलीले पौडिपोखरी विद्यार्थीको शारीरिक, मानसिक विकाससंगै विद्यालय तहदेखि नै पौडीमा राष्ट्रिय अन्तराष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यले निर्माण गरिएको बताए ।

कार्यक्रममा विद्यालयका प्रिन्सीपल बासु गिरी, प्रवन्ध निर्देशक कमल पछाई, संस्थापक नविन किशोर रत्न, बागेश्वरी पब्लिक क्याम्पसका प्राध्यापक एकराज शर्मा लगायतको सहभागिता रहेको थियो । उक्त कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुस्करनाथ रिजालको सभापतित्वमा सम्पन्न भएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७५ वैशाख ६ गते बिहीबार