च्याम्पियन्स लिग: सेमिफाइनलको ड्र सार्वजनिक



काठमाण्डौ,३० चैत/  च्याम्पियन्स लिगको सेमिफाइनलको ड्र सार्वजनिक भएको छ ।

शुक्रबार भएको ड्र अनुसार सेमिफाइनलमा इटालियन क्लब एएस रोमाले इंग्लिस क्लब लिभरपुलसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

एसएस रोमाले क्वार्टरफाइनलमा म्यानचेस्टर सिटीलाई पहिलो लेगमा ३–० र दोस्रो लेगमा २–१ ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको थियो ।

त्यस्तै सिरी ए क्लब रोमाले बार्सिलोनासँगको खेलमा उत्कृष्ट पुनरागमन गर्दै सेमिफाइनलको यात्रा तय गरेको थियो । पहिलो लेगमा बार्सिलोनासँग उसकै मैदानमा ४–१ को हार बेहोरेको रोमाले दोस्रो लेगमा घरेलु मैदानमा बार्सिलोनामाथि ३–०को सनसनीपूर्ण जित हात पारेको थियो ।

त्यस्तै अर्को सेमिफाइनल दुई युरापेली हेभिवेट क्लबहरुबीच हुने पक्का भएको छ । अर्को सेमिफाइनल रियल मड्रिड तथा बार्यन म्युनिखबीच हुनेछ ।

रियल मडिङले अन्तिम समयमा पाएको पेनाल्टीमाफर्त समग्रमा ४–३ युभेन्टसलाई हराउँदै च्याम्पियन्स लिगको सेमिफाइनलको यात्रा तय गरेको थियो ।

सेमिफाइनलमा रियलसँग प्रतिस्पर्धा गर्ने बार्यन म्युनिखले क्वार्टरफाइनलमा सेभियालाई समग्रमा २–१ ले हराएको थियो ।

सेमिफाइनलको पहिलो लेग अप्रिल २४–२५ मा हुनेछ भने दोस्रो लेग मे १–२ मा हुनेछ ।

  • No tags available
प्रकाशित मिति : २०७४ चैत ३० गते शुक्रबार