प्रदेश ५ को १ अर्ब २ करोड ५ लाख बजेट सार्वजनिक



कोहलपुर,३० चैत/  प्रदेश सरकारले ‘सम्बृद्ध प्रदेश, सुखी जनता’को नारासहित १ अर्ब २ करोड ५ लाखको बजेट ल्याएको छ ।

शुक्रबार प्रदेशसभा बैठकमा आर्थिक मामिला मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका मुख्यमन्त्री शंकर पोखरेलले बजेट पेश गरे ।

प्रदेश सरकारको आफ्नो स्रोत छैन । त्यसेले केन्द्रले दिएको अनुदान रकमबाटै बजेट ल्याइएको हो ।

बजेटको ३६ करोड ६३ लाख ८२ हजार चालु खर्च र ३४ करोड ६ लाख ७५ हजार रुपैयाँ पूँजीगत खर्च छ । बाँकी ३१ करोड ३४ लाख ४३ हजार अर्थ बजेटमा राखिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ चैत ३० गते शुक्रबार