जन उत्थानको वार्षिक उत्सवमा रक्तदान तथा सरसफाई



कोहलपुर,२८ चैत/ जन उत्थान सामुदायिक लघुवित्त विकास बैक लिमिटिडेको आठौं वार्षिक उत्सवको अवसरमा शाखा कार्यालय कोहलपुरको मगंलबार प्रगति नगर स्थित सृजना सामुदायिक वन उद्यान भित्र रहेको भ्युटावर तथा पार्क सरसफाइ गरिएको छ । साथै बैकिङ समुदायका महिला तथा स्थानीयको अगुवाइमा बजार सरसफाइ समेत गरिएको थियो ।

त्यसै गरी सो अवसरमा नेपालगजं मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर तथा रेडक्रस सोसाईटी कोहलपुरको समन्वयमा बृहत रक्तदान कार्यक्रम समेत सम्पन्न गरिएको छ । रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरेका थिए । हरित तथा स्वच्छ नगर निमार्णमा सहयोग पु¥याउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको शाखा प्रमुख डिल्ली रमण खड्काले गरेका थिए ।

यस्तै सोही अवसरमा जन उत्थान सामुदायिक लघुवित्त विकास बैंक लि.ले बर्दिया शाखाले पनि रक्तदान कार्यक्रमको आयोजना गरेको छ । मंगलबार नेपाल रेड्क्रस सोसाईटी क्षेत्रीय रक्तसञ्चार सेवा नेपालगन्जको प्राविधिक सहयोगमा जन उत्थान सामुदायिक लघुवित्त विकास बैंक लि.बाँसगढी ककौराको आयोजनामा रक्तदान कार्यक्रम गरिएको हो । उक्त रक्तदान कार्यक्रममा २० जनाले रक्तदान गरेका छन् ।

बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा ‘रक्तदान, जीवनदान’ भन्ने कुरालाई आत्मसाथ गरी उक्त रक्तदान कार्यक्रमको आयोजना गरिएको जनाएको छ । यस रक्तदान कार्यक्रमले रक्तसंचारको क्षेत्रमा मानव जीवनको लागि महत्वपूर्ण सहयोग पुग्ने बैंकले विश्वास लिएको शाखा प्रवन्धक दिपा साहुले बताइन् ।

कार्यक्रममा बाँसगढी नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष तुलप्रसाद गौतमको प्रमुख आथित्यमा भएको रक्तदान कार्यक्रममा शाखा प्रवन्धक दिपा साहु, बैंकका कर्मचारी, समुहका सदस्यहरु, ग्राहक, शुभचिन्तक, समाजसेबी, वुद्धिजीवी लगायतको सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७४ चैत २८ गते बुधबार